११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

एमाले बैठक : राजनीतिक प्रतिवेदन सुझावसहित पारित

एमाले बैठक : राजनीतिक प्रतिवेदन सुझावसहित पारित
अ अ+ अ-

लतिलपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको आज सम्पन्न दसौँ पूर्ण बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत मुलुकको राजनीतिक परिस्थिति र पार्टीको नीतिसम्बन्धी विशेष प्रस्ताव र समसामयिक २२ बुँदे प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

पारित प्रस्तावमा गत भदौ २३ गते आयोजित जेनजी प्रदर्शन, संसद् भवनमा आगजनी, गोली प्रहार, भदौ २४ को त्रासदीपूर्ण घटना, वर्तमान अन्तरिम सरकार, प्रतिनिधिसभा विघटन, छानबिन आयोग, शान्ति सुरक्षा, सुशासन, निर्वाचन आदि विषय समेटिएको छ ।

बैठकले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ र उच्च बनाउँदै देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन राजनीति दलहरू र आमनागरिकलाई आह्वान गरेको एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

तीनदिने बैठकमा केन्द्रीय कमिटीका दुई सय ३३, प्रदेश कमिटीका अध्यक्ष आठ, पोलिटब्युरोका ४६, स्थायी कमिटीका २१, केन्द्रीय निकायका तीन र पदाधिकारी १७ जना सदस्यले सुझावसहितको मन्तव्य राख्नुभएको थियो । बैठकमा चारवटै आयोगका अध्यक्ष क्रमशः अनुशासन आयोगका अध्यक्ष केशव वडाल, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, लेखा परीक्षण आयोगका अध्यक्ष डा पुष्प कँडेलले आफ्नो मन्तव्यसहित सुझाव राख्नुभएको थियो । बैठक समापन गर्दै अध्यक्ष ओलीले आफू सदैव पार्टी एकताको पक्षमा रहेको स्पष्ट गर्दै अहिलेको सङ्कटको समाधान र लोकतन्त्रको रक्षामा लाग्न आह्वान गर्नुभयो ।

मुलुकमा पछिल्लो अवधिमा विकसित असामान्य परिस्थितिका सम्बन्धमा एमाले संवेदनशील, चिन्तित र गम्भीर उल्लेख गर्दै पारित समसामयिक प्रस्तावमा राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, शान्ति, विकास र समृद्धिको बाटो नै अनिश्चित भविष्य एवं सङ्कटको दिशातिर उन्मुख भइरहेको वर्तमान अवस्थामा मुलुकलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा फर्काउन सक्रिय भूमिका खेल्ने सङ्कल्प गरिएको छ ।

सामाजिक सञ्जालको निर्वाध सञ्चालन, भ्रष्टाचारको विरोध र सुशासनलगायत विभिन्न माग राखेर जेनजी युवाहरूले गरेको गत भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबाट पार्टी स्तब्ध भएको जनाउँदै घटनामा परी जीवन गुमाउनुहुने युवाहरू एवं कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका सुरक्षाकर्मी र नागरिकप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

पारित प्रस्तावमा भनिएको छ, “तथ्यहरूले भदौ २३ गते कुनै न कुनै दुःखद् घटना घटाएर भदौ २४ गते देश दहन गर्ने सुनियोजित तयारी भइरहेको थियो भन्ने पुष्टि गर्छन् । यस घटनाको स्वतन्त्र, निष्पक्ष र गम्भीर छानबिन हुनुपर्छ, सबै तथ्यहरू बाहिर ल्याइनुपर्छ र संलग्न दोषीहरूलाई कारबाही गरिनुपर्छ भन्ने माग गर्दछ ।”

बैठकले आन्दोलनका क्रममा आफ्नै निवासमा आक्रमणमा पर्नुभएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, तत्कालीन परराष्ट्रमन्त्री डा आरजु देउवा र निवासमै जलेर गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्रा रविलक्ष्मी चित्रकारलगायत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

मुलुकको विकास र समृद्धिका लागि नव युवाहरूसँग अझ सार्थक संवाद गर्न, उहाँहरूका सरोकारलाई ग्रहण गर्न, सहकार्यका साथ अगाडि बढ्न सदैव तत्पर रहेको प्रतिबद्धता जनाउँदै एमालेले तदनुरूप पार्टीका संरचनाहरूमा युवा सहभागिता अभिवृद्धि गर्न एवं सरकारमा रहँदा उद्यमशीलता, सीप विकास, उत्पादन र बजार शृङ्खलाको इकोसिस्टम निर्माण गर्न, स्टार्ट अप, नवप्रविधिमार्फत नवप्रवर्तनको विकासलगायत क्षेत्रमा विभिन्न चालिएका कदमको पुनः स्मरण गराएको छ । रासस