११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सञ्चार मन्त्रालयद्वारा जेनजी युवासँग छलफल, सुशासन प्रवर्द्धन र डिजिटल रूपान्तरणमा जोड

सञ्चार मन्त्रालयद्वारा जेनजी युवासँग छलफल, सुशासन प्रवर्द्धन र डिजिटल रूपान्तरणमा जोड
अ अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुशासन, डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्र, नवीनतम प्रविधिको प्रवर्द्धन र युवाहरूको संलग्नताबारे जेनजी युवाका प्राविधिक क्षेत्रका प्रतिनिधिहरूसँग सुझाव लिएको छ ।

सञ्चारमन्त्री जगदीश खरेलको अग्रसरतामा मन्त्रालयले पहिलोपटक जेनजी युवाका प्राविधिक क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरी सुझाव लिएको हो । सञ्चार मन्त्रालयले आज आयोजना गरेको डिजिटल रूपान्तरणसम्बन्धी अन्तक्र्रियामामा जेनजीका सूचना प्रविधि विज्ञहरूको सूचना प्रविधिको क्षेत्रमा युवापुस्तालाई समेटेर मन्त्रालयले आगामी कार्ययोजना बनाउनुपर्नेमा जोड दिए ।

छलफलमा सञ्चारमन्त्री खरेलले सूचना प्रविधिको अधिकतम प्रयोग गरी सुशासन प्रवर्द्धन र डिजिटल रूपान्तरणलाई प्राथमिकता दिइने बताउनुभयो । उहाँले सुशासनका लागि डिजिटल रूपान्तरणसहित डिजिटल अर्थतन्त्र, नवीनतम प्रविधिको प्रवर्द्धनमा युवापुस्ताको सुझाव लिएर आगामी रणनीति र कार्ययोजना बनाउन पहल गर्ने दोहोर्याउनुभयो ।

सञ्चारमन्त्री खरेलले जेनजी युवाहरूको आन्दोलनका क्रममा उठेको महत्त्वपूर्ण विषय सुशासन र आवश्यक प्रविधिसम्बन्धी कामलाई प्रभावकारी बनाउन प्रविधि क्षेत्रमा सम्बद्ध युवाहरूबाट आएको सुुझाव महत्त्वपूर्ण हुने बताउनुुभयो । उहाँले भन्नुभयो, “सञ्चार मन्त्रालयले बनाउने हरेक नीति र योजनामा जेनजी पुस्ताको सुझावलाई समेटेर राम्रो ‘रोडम्याप’ बनाउनेछौँ, मन्त्रालयले यस्ता छलफललाई आगामी दिनमा पनि निरन्तरता दिनेछ ।”

सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा गठन भएको वर्तमान नागरिक सरकारले जेनजीको भावनाबमोजिम निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्ने, सुशासन प्रवर्द्धनको कामलाई प्राथमिकता दिएर क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणको कार्यलाई अगाडि बढाउने बताउनुभयो ।

मन्त्री खरेलले विपद्को समयमा प्रविधिको प्रयोगमार्फत गरिएको पूर्वसूचना प्रणालीले महत्त्वपूर्ण काम गरेको र जनधनको क्षति न्यूनीकरण भएको भन्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासलगायतका क्षेत्रको सुधारका लागि प्रविधिको प्रयोग महत्त्वपूर्ण हुने बताउनुुभयो ।

सञ्चारमन्त्री खरेलले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र मधेसको टेलिफोन र इन्टरनेट सेवाको पहुँच विस्तार गरी सेवा गुणस्तर बनाउने उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो । सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले प्रविधिको प्रयोग र विकासका लागि सञ्चार मन्त्रालयले विभिन्न योजना अगाडि बढाइरहेको सन्दर्भमा युवाहरूबाट आएका महत्त्वपूर्ण सुुझावलाई समटेर अगाडि बढ्ने बताउनुुभयो ।

छलफलमा जेनजी युवाका प्रविधि क्षेत्रका प्रतिनिधिहरूले भ्रष्टाचाररहित समाज निर्माण र सुुशासनको प्रवर्द्धनका लागि आवश्यक पूर्वाधारहरूको प्रभावकारी प्रयोगमा सरकारले काम गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रविधिको प्रयोग र विस्तारमा जोड दिनुुपर्र्ने, देशका सबै भूभागमा मोबाइल नेटवर्कको प्रभावकारी विस्तार गर्नुपर्ने, इन्टरनेट सेवा प्रभावकारी बनाउनुुपर्ने, डिजिटल अर्थतन्त्रका लागि नेपाल टेलिकमको सेवा र प्यान नम्बरलाई व्यवस्थित बनाउनुुपर्ने, प्रभावकारी डाडा सेन्टर निर्माण गर्नुपर्ने, हेलो सरकारजस्ता टुुटेका कार्यक्रम सुुरु गरी आमनागरिकसँग जोडिनुपर्ने उनीहरूको सुझाव छ ।

जेनजी प्रतिनिधि गौरव पाण्डेले देशका दूरदराजसम्म टेलिफोन र इन्टरनेट सेवाको पहुँच विस्तार गर्न आग्रह गर्नुभयो । जेनजी अभियान्ता युजनराज भण्डारीले जेनजी अयिभानता र विज्ञहरूबाट आएको सुझावलाई ग्रहण गरी सरकारले मुलुकमा सुशासन प्रवर्द्धन र निर्वाचन सम्पन्न गर्ने दिशामा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

अर्का प्रतिनिधि सुदीप लामिछानेले युवापुस्ताको भावनालाई समेटेर सरकारले डिजिटल रूपान्तरण र नवप्रवर्तनलाई विशेष प्राथमिकता दिनुपर्ने औँल्याउनुभयो । अभियान्ता आयुससकाजी डङ्गोलले प्रविधिको प्रयोगमार्फत सरकारी सेवालाई सरल र सहज बनाइनुपर्नेमा जोड दिनुभयो ।

यस्तै आशिस रिमाल, निकेश कर्माचार्यलगायतले सरकारले गरेका काम कारबाहीलाई जनतामामु लैजानुपर्नेमा जोड दिनुभयो । रासस