६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसद्वारा सगरमाथा आरोही कान्छा शेर्पाको निधनप्रति दुःख व्यक्त



अ+ अ-

काठमाडौँ, ३१ असोजः नेपाली कांग्रेसले सगरमाथाको पहिलोपटक सफल आरोहण गर्नुभएका कान्छा शेर्पाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी शोक विज्ञप्तिमा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पासँग पहिलोपटक सगरमाथा आरोहण गर्नुभएका शेर्पाको ९३ वर्षको उमेरमा निधन भएको जनाइएको हो ।

शेर्पाको निधनले एक अनुभवी र ऐतिहासिक घटनाका जीवित साक्षीको अवसानका साथै नेपालको पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ । स्वर्गीय शेर्पा विश्वभरका आरोहीहरूका लागि प्रेरणाको स्रोत हुनुहुन्थ्यो ।

शेर्पाले नेपालको पर्यटन क्षेत्रमा पुर्याएउनुभएको अतुलनीय योगदान पर्यटन क्षेत्रको इतिहासमा सदा स्मरणीय रहिरहने कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।

कांग्रेसले स्वर्गीय शेर्पाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीरशान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । रासस