१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

कोरोना उपचार गराइरहेकी अंशुको सुझाव छ : आत्मबल बढाउनुस, राम्रोमात्र सोच्नुस

कोरोना उपचार गराइरहेकी अंशुको सुझाव छ : आत्मबल बढाउनुस, राम्रोमात्र सोच्नुस
अ अ+ अ-

काठमाडौँ । कोरोना भाइरसको उपचार गराएरहेकी संक्रमित युवतीले यस्तो समयमा आफूलाई सबैको हौसलाले काम गर्ने अनुभव सुनाएकि छिन् । अंशु सापकोटा बागलुंग बजारको जिल्ला अस्पतालमा उपचारत छिन् । उनी नेपालको पाँचौ कोरोना संक्रमित युवती हुन् ।

बेल्जियमबाट नेपाल आएकि उनी पनि चैत ४ गते नै कतार एयरवेजको विमानमा नेपाल आएकि अर्की युवतीसँगै आएकि थिइन् । फ्रान्सबाट आएकि ती युवतीलाइ कोरोना पोजेटिभ देखिएपछि उनले पनि उपचार गराएकि हुन् । त्यसपछि उनको पनि पोजेटिभ देखिएको थियो । बेल्जियमबाट आएकि उनलाई कुनै स्वास्थ्य समस्या भने छैन । सोही दिन सोही विमानमा फ्रान्साबट आएकि अर्की युवतीको पोजेटिभ देखिएको समाचारपछि उनले पनि आफू केही समस्या नभए पनि घरैमा एकान्तबासमै बसेको बताइन् ।

उनले आफूमा आत्मबल भएपछि केही नहुने अनुभव आफूले गरेको बताइ्न् । अहिले आफूलाई कुनै स्वास्थ्य समस्या नरहेको पनि उनले बताइन् । उनले आफ्नो घरमै आएर चिकित्सकले स्वाब लिएका र पोजेटिभ रिपोर्ट आएपछि अस्पताल आएको तर घरैमा बसेको भए पनि आफूलाई केही नहुने पनि उनले बताइन् । उनले आफूलाई मन्दिर गएको, गाउँमा डुलेको भनी आएका प्रतिक्रियाबाट आफूलाई चित्त दुखेको बताइन् । यस्तो बेलामा सकारात्मक खबर दिएमा मात्र विरामीको हौसला बढ्ने उनले सुनाइन् ।

चिकित्सक र नर्सले राम्रोसँग हेरेको,तातो पानी र औषधि समय समयमा दिएको उनले बताइन् । आफूले इन्टरनेटको सहायताले फिल्म हेर्ने गरेको र साथीहरुसँग फोन, म्यासेन्जरमा कुराकानी गरेर समय बिताउने गरेको अनुभव पनि सुनाइन् । उनले सबैलाई राम्रो तथा सकारात्मक मात्र सोच्न, कुनै पनि रोगका विरुद्धमा आत्मबल बढाउन पनि सुझाव दिइन् । साथै तातो पानी खान र स्वास्थ्य अवस्थाको ख्याल गर्न पनि उनले सुझाव दिएकि छिन् । यस्तो बेलामा राम्रो मात्र सोच्नु पर्ने र राम्रो कुरामात्र गर्नुपर्ने उनले बताइन् ।