२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट अमेरिकामा पाँच हजार बढीको मृत्यु, दुई लाख बढी संक्रमित



अ+ अ-

काठमाडौं । अमेरिकामा कोरोनाभाइरसबाट ५ हजार बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या २ लाख बढी पुगेको छ । वर्ल्डोमिटरको ताजा आँकडा अनुसार अमेरीकामा ५ हजार १ सय २ जनाको ज्यान गुमाएका छन् भने २ लाख १५ हजार ३ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ ।

कूल संक्रमितमध्ये आधा बढी न्यूयोर्कका छन् । प्रदेशका गभर्नर एन्ड्रू कुओमोले अन्य प्रदेशमा पनि स्थिती भयावह हुनसक्छ ।

यसअघि मंगलबार उप–राष्ट्रपतिले अमेरिकामा महामारीको स्वरुप इटलीजस्तै भयावह हुने चेतावनी दिएका थिए ।

कोरोनाभाइरसका कारण सबैभन्दा धेरै इटालीमा मृत्यु भएको छ ।