१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसबाट गाउँलाई जोगाउन नाकामा पहरा दिन्छन् लिमीवासी



अ+ अ-

सिमकोट । हिमाल पारिको गाउँ लिमीका बासिन्दाले कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासबाट पूरै गाउँलाई जोगाउन बाहिरी सम्पर्कबाट अलग गराएका छन् । अहिलेको आधुनिक सञ्चार प्रविधिको युगमा पनि नाम्खा गाउँपालिकाको लिमी गाउँ यो प्रविधिको पहुँचमा छैन ।

देशमा जारी लकडाउनबारे काठमाडौँमा बसेका आफन्तको फोनबाट जानकारी पाएपछि गाउँ आउने सबै नाका बन्द गरिएको नाम्खा गाउँपालिकाका जनप्रतिनिधिले जानकारी दिएका छन् । केही समयअघि वल्र्ड्लिङ्कको इन्टरनेट सेवाले काम गर्दा देश विदेशको खबर सहजै थाहा पाउने लिमीका बासिन्दा अहिले इन्टरनेट सेवा अवरुद्ध हुँदा सञ्चारविहीन अवस्थामा छन् ।

अहिले नेपाल टेलिकमको एक लाइन भिस्याट फोनबाट यहाँका बासिन्दाले काम चलाइरहेका छन् । त्यही फोनबाट काठमाडौँबाट आफन्तले कोरोना सङ्क्रमणका कारण देशमा लकडाउन भएको जानकारी दिएलगत्तै लिमी उपत्यका प्रवेश गर्ने सबै नाका स्थानीयवासीले बन्द गरेका छन् ।

लकडाउन भएको पाँचौँ दिनमा मात्र थाहा पाएको बताउँदै नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमी गाउँका अध्यक्ष पाल्जोर तामाङले काठमाडौंँबाट आफन्तको फोन नआएको भए लकडाउनबारे थाहा नहुने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।