१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

कोरोना रोकथामका नाममा जथाभावी रसायन नछर्न आग्रह

कोरोना रोकथामका नाममा जथाभावी रसायन नछर्न आग्रह
अ अ+ अ-

बाँके । कोरोना भाइरस रोकथामका नाममा जथाभावी रसायन नछर्न नेपालगञ्ज उपमहानगरपालिकाले आग्रह गरेको छ ।

उपमहानगरपालिका भित्रका स्थानमा विनाजानकारी जथाभावी रसायनहरु छर्ने कार्य भएपछि उपमहानगरपालिका वा सम्वन्धित निकायमा सम्बन्धितलाई समन्वय गर्न आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो ।

उहाँका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकाभित्रका केही सङ्घ संस्था तथा व्यक्तिहरुले वडा, नगर तथा टोललाई सेनिटाइज्ड गर्न मापदण्ड नपुगेका रसायन छरेको पाइएको छ ।

मापदण्ड नपुगेका इन्सेक्टिसाइट, पेन्सीसाइट लगायतका विभिन्न रसायन छर्किदा जीवजन्तु, वातावरण तथा मानवीय स्वास्थ्यमा समेत असर पर्ने हुँदा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी काम गर्न भनिएको चन्दले जानकारी दिनुभयो ।

१० जना घर फिर्ता

बाँकेका विभिन्न स्थानमा स्थापना गरिएका क्वारेन्टाइनमा २ सय १२ जनालाई राखिएको छ भने क्वारेन्टाइनमा राखेर ‘थ्रोट स्वाव’ परीक्षण गरी ‘नेगेटिभ’ रिपोर्ट आएका १० जनालाई घर पठाइएको छ । जिल्लाका ८ वटै स्थानीय तहमा विभिन्न १३ स्थानमा क्वारेन्टाइन स्थापना गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकेमा हाल ४ सय ४९ जना अट्ने क्वारेन्टाइनको क्षमता रहेको छ । जसमध्ये ३४४ बेड तयार भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत महेन्द्र बहुमुखी क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाईनमा १००, कोहलपुर नगरपालिकाको कृषि तालिम केन्द्रमा ३२, खजुरा गाउँपालिकास्थित मैटहवा माविमा ५३ र कृषि तालिम केन्द्रमा १५, जानकी गाउँपालिकाको नेपाल राष्ट्रिय प्राविमा २५, बैजनाथ गाउँपालिकाको बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रमा १६ जना रहेका छन् ।