१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

गाउँबाट शहर झारियो भैँसी

गाउँबाट शहर झारियो भैँसी
अ अ+ अ-

तनहुँ । शिक्षक पेशा छाडेर व्यावसायिक रुपमा भैँसीपालनमा लाग्नुभएका व्यासनगरपालिका–१३ का ३८ वर्षीय ईश्वरराज पन्थले गुदी गाउँबाट शहर नजीक व्यास–४ सिमलटारमा भैँसी झार्नुभएको छ । कोभिड–१९ नियन्त्रणका लागि लकडाउन घोषणासँगै पन्थले आफ्नो फर्ममा रहेका २२ मुर्रा भैसीलाई पृथ्वीराजमार्ग नजीक झार्नु भएको हो ।

सदरमुकाम दमौलीदेखि करिब ८ किलोमिटर दूरीमा गुदीमा पराल र चोकर ढुवानी गर्न असहज र दूध बिक्री गर्नसमेत कठिनाइ हुने भएकाले दमौली बजार नजिकै भैँसी झार्नुपरेको कृषक पन्थले बताउनुभयो । लकडाउनको शुरुको दिन दूध लिएर दमौलीतर्फ जाँदै गर्दा प्रहरीबाट विनाकारण आफूलाई यातना दिइएको दुखेसो पनि उहाँले पोख्नुभयो ।

लकडाउनका कारण परालको ट्रक पनि राजमार्गमा रोकिएको थियो । उहाँले भन्नुभयो, ‘राजमार्ग नजीकै अस्थायी रुपमा फर्म राखेपछि ढुवानी गर्न सजिलो भएको छ,लकडाउन खुलेपछि पुरानै स्थलमा लैजाने छु ।’

यस्तै आँबुखैरेनी गाउँपालिका कार्यालयले गाउँपालिकाका विपन्न परिवारका दुई सय घरधुरीलाई दुई सय थान सेनिटाइजर, दुई सय साबुन र एक हजार थान मास्क वितरण गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी, गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, कांगे्रस आँबुखैरेनी गाउँ कार्यसमिति र नेपाल तरुल दल आँबुखैरेनी एकाइका वरिष्ठ उपाध्यक्ष अभियान श्रेष्ठको संयुक्त सहयोगमा उक्त सामग्री वितरण गरिएको हो ।
यसअघि आँबुखैरेनी–३ स्थित कोट गाउँ र भाँगे गाउँमा सेनिटाइजर, साबुन र मास्क वितरण गरी नमूना खत्री टोल र प्रगति टोलमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि डिसइन्फेक्टेण्ट स्प्रे गरिएको थापाले बताउनुभयो ।

त्यसैगरी आँबुखैरेनी–३ निवासी अभियान श्रेष्ठले आँबुखैरेनीभित्रका विपन्न परिवारका २५० घरधुरीलाई सेनिटाइजर, डिटोल साबुन र मास्क वितरण गर्नुभएको छ । कोभिड–१९को संक्रमणबाट बच्न तथा बचाउनका लागि आँबुखैरेनी–३, आँबु गाउँका ५० घरधुरीलाई ५० थान सेनिटाइजर, ५० थान डेटोल साबुन र २०० थान मास्क वितरण गरिएको तरुल दल आँबुखैरेनी एकाइका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यस्तै दश वटा पालिका र त्यसको मातहतमा रहेका वडास्तरमा समेत जनप्रतिनिधि एवं स्थानीयवासीको सक्रियतामा क्वारेन्टाइन र आइसोलेशन वार्ड स्थापना गरिएको छ । बुधबारसम्म तनहुँमा दुई जना मात्रै क्वारेन्टाइनमा रहेका छन् ।

व्यासनगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा दुबइबाट घर आएका दुई व्यक्ति क्वारेन्टाइनमा बस्दै आएको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताउनुभयो ।

जिल्लामा हालसम्म विभिन्न देशबाट ५६७ जना घर फर्किसकेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो । विदेशबाट आएका व्यक्तिलाई सीधै होम क्वारेन्टाइनमा बस्न लगाइएका कारणले पनि सुरक्षित क्वारेन्टाइनमा बस्ने कम भएको उहाँले बताउनुभयो ।
जिल्लाका सोह्र स्थानमा १२३ शय्याको क्वारेन्टाइन र पाँच स्थानमा ४६ शय्या क्षमताको आइसोलेशन वार्ड स्थापना गरिएको छ । विभिन्न देशबाट घर फर्किएका व्यक्तिलाई संम्बन्धित स्थानीय तहमा स्थापना गरिएका क्वारेण्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताउनुभयो ।