१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

अलपत्र नेपाली मजदुर भारतीय क्वारेन्टाइनमा

अलपत्र नेपाली मजदुर भारतीय क्वारेन्टाइनमा
अ अ+ अ-

बैतडी । चार दिनदेखि सीमामा अलपत्र परेका नेपाली मजदुरहरुलाई भारत सरकारले क्वारेन्टाइनमा राखेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाटमा आइतबारदेखि अलपत्र परेका नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । लकडाउनका कारण सीमानाका बन्द भएपछि सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।

झुलाघाटस्थित तालेश्वरमा रहेको धर्मशालामा ५७ र खरक्युडा, जामीरपानी र रज्यौडामा रहेका आधारभूत विद्यालयहरुमा १७० गरेर २२७ जना मजदुरलाई क्वारेन्टाइनमा राखिएको भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिनुभयो । ती सबै मजदुरको स्वास्थ्य परीक्षण गरिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । क्वारेन्टाइनमा राखिएका नेपाली मजदुरहरुको डा सचिनप्रकाश देवल र डा कल्पित रौतेलाको टोलीले स्वास्थ्य परीक्षण गरेको हो । क्वारेन्टाइनमा राखिएका नेपाली मजदुरहरुका लागि निःशुल्क खानाको व्यवस्था गरिएको पत्रकार भट्टले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय पिथौरागढको पहलमा नेपाली मजदुरहरुलाई क्वारेन्टाइनमा राखिएको हो । नयाँ वर्षका लागि घर फर्कन लागेका नेपालीहरु लकडाउनका कारण सीमामा अलपत्र परेका छन् । कतिपय नेपालीहरु महाकाली नदीमा ट्युबका माध्यमबाट तरेर नेपाल भित्रिरहेका छन् । भारतबाट नेपाल भित्रिएकाहरुलाई क्वारेन्टाइनमा राखिएको स्थानीय तहहरुले जनाएका छन् ।

यता प्रमुख जिल्ला अधिकारी पौडेलले अर्को आदेश नभएसम्म सीमानाका खोल्न नसकिने बताउनुभएको छ । लकडाउनका बेलाले आआफ्नो ठाउँमा सुरक्षित बस्नुपर्ने भएकाले सीमानाका नखुल्दासम्म मजदुरहरुलाई नेपाल भित्र्याउन नसकिने उहाँले बताउनुभयो । यसअघि पनि लकडाउनका बेला झुलाघाट नाका खोली २०२ जनाको उद्धार गरिएको थियो ।

भारतमा अलपत्र नेपालीको बिचल्ली

लकडाउनका कारण भारतका विभिन्न शहरमा अलपत्र परेका नेपाली नागरिकको बिचल्ली भएको छ । कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएसँगै भारत सरकारले लकडाउन घोषणा गरेपछि ४०० नेपाली नागरिक अलपत्र परेका हुन् । अलपत्र परेका नेपाली नागरिकमध्ये अधिकांश सुदूरपश्चिम प्रदेशका रहेका भारतको दिल्लीमा बिचल्लीमा परेका बैतडीको दोगडाकेदार–८ कालागाँउका डम्बर बिष्टले जानकारी दिनुुभयो ।

बैंग्लोरबाट घर फर्किन भने आएका बैतडीका ५० जना दिल्लीमा १० दिनदेखि अलपत्र परेको उहाँले बताउनुुभयो । “बैंग्लोरबाट रेलमा चढेर घर फर्किँर्दै गर्दा दिल्ली पुुग्दा लकडाउनले रेलसेवा बन्द भयो”, उहाँले भन्नुुभयो, “लकडाउनले रेलसेवा बन्द हुनुुका साथै सम्पूर्ण सवारी बन्द हुुँदा बीच बाटोमै अलपत्र परेका हौँ ।”

लकडाउनमा भारतीय प्रहरीले देख्ने बितिक्कै लखेट्ने गरेको उहाँले दुःखेसो पोख्नुभयो । खान बस्नसमेत निकै समस्या भएको उहाँले बताउनुभयो । भारतस्थित नेपाली राजदूतावासमा उद्धारका लागि गुहारेको भए पनि केही सुनुुवाइ नभएको दोगडाकेदारकै अर्का वीरेन्द्र विष्टले बताउनुुभयो । “दूतावासलाई पनि नेपालसम्म पुर्याउन आग्रह गरिसक्यौँ”, उहाँले भन्नुुभयो, “अलपत्र परेको १० दिन भइसक्दासमेत केही पहल भएन ।”

उनीहरुले आफूहरुको उद्धार गरिए १४ दिनसम्म क्वारेन्टाइनमा बस्न तयार भएको बताएका छन् । अलपत्र परेपछि भएको पैसा सकिएको र अब घर पुुग्नसमेत पैसा नभएको उनीहरुको गुनासो रहेको छ । मजदुरी गरेर घरखर्च चलाउन भारत पसेका युवाहरु काम छुुटेर अलपत्र पर्दा समस्यामा परेका हुन् ।

कोरोनाबाट बच्न स्थानीय सरकारको चिठ्ठी १

बैतडीको सुर्नया गाउँपालिकामा कोरोना भाइरस रोकथाम तथा बच्नका लागि प्रत्येकको घरमा चिठ्ठी दिइने भएको छ । गाउँपालिकाको वडा नं ३ मा रहेको कोरोना नियन्त्रण तथा समन्वय समितिले यस्तो निर्णय गरेको हो ।

समन्वय समितिका संयोजक तथा गाउँपालिका–३ का वडाअध्यक्ष दिलाराम भट्टका अनुसार वडाभित्र रहेका सम्पूर्ण घरपरिवारलाई कारेनाबाट बच्ने उपायका बारेमा सचेतनामूलक चिठ्ठी पठाइने भएको हो । बुधबार बसेको समन्वय समितिको बैठकले बिहीबारदेखि घरदैलो कार्यक्रम गर्दै प्रत्येक घरमा चिठ्ठीका साथै साबुन पनि दिइने निर्णय गरेको उहाँले बताउनुभयो । घरदैलोसँगै भारत तथा अन्य मुलुकबाट आएका नागरिक, अति विपन्न, ज्याला मजदुरी गर्ने तथा बेसहाराको तथ्याङ्क सङ्कलनको काम पनि हुने जनाईएको छ ।

बुधबार वडा नं ३ का सात ओटै टोलका १४ परिचालकलाई चिठ्ठी र साबुन वितरण गर्न ४५० चिठ्ठी तथा ४५० साबुन वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष लिला बिष्टले बताउनुभयो । कार्यक्रममार्फत वडा कार्यालयले भारत तथा अन्य मुलुकबाट आएका नागरिकलाई अनिवार्यरूपमा क्वारेन्टाइनमा बस्न अनुरोधसमेत गरेको छ ।

कीटनाशक औषधि छर्कने कार्य जारी

कोरोनाको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा कीटनाशक औषधि छर्कने कार्य जारी रहेको छ । जिल्लाका मुख्य बजारहरुमा कीटनाशक औषधि छर्कने कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

क्लोरिनमा पानी मिसाएर दमकलको सहायताले औषधि छर्कने काम भइरहेको छ । जिल्ला प्रशासनको अगुवाइमा सञ्चालन भएको औषधि छर्कने कार्यमा दशरथचन्द नगरपालिका र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सहयोग गरेका छन् ।

यस्तै पाटन नगरपालिकाले पनि पाटन बजार क्षेत्रमा कीटनाशक औषधि छर्केको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताउनुभयो । जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि गाउँपालिकाका बजार क्षेत्रमा कीटनाशक औषधि छर्केको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।