१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

लकडाउनले गाउँ फर्केका युवकयुवती मेलापातमा

लकडाउनले गाउँ फर्केका युवकयुवती मेलापातमा
अ अ+ अ-

स्याङ्जा । कालीगण्डकी गाउँपालिका–६ का निशा न्यौपानेको दैनिकी यतिबेला फेरिएको छ । बुटवल वाणिज्य क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत न्यौपाने गाउँ फर्किएपछि घरपरिवारमा व्यस्त हुनुभएको छ । बुटवल डेरामा बस्दा कलेज समयमा कलेज जाने आउने र त्यसपछि डेरामै अध्ययन गरेर बस्ने गरेकी निशा गाउँ आएपछि घरपरिवारसँगै मेलापात गरेर बित्ने गरेको छ ।

हुन पनि यतिबेला गाउँघरमा मल बोक्ने खेतीपाती लगाउने र पाकिसकेको खेती भित्र्याउने चटारोमा छन् । किसान यही चटारोको मेसोमा गाउँ आएकी निशाले घरपरिवारसँगै खेतबारीमा काम गरेर परिवारलाई सहयोग गर्ने गरेको बताउनुभयो । अरुबेला गाउँ आउँदा छरछिमेकीसँग भेटघाटका लागि गाउँ डुल्ने गरेकी उहाँ यतिबेला भने परिवारमै सीमित रहेको बताउनुहुन्छ । निशा भन्नुहुन्छ, “अरु बेला घरमा आउँदा साथीहरुसँग घुम्ने गाउँ डुल्ने र आफन्तहरुसँग भेटघाट गर्ने गरिन्थ्यो यसपालि कोरोना भाइरको सङ्क्रमणको त्रासले घरमै बस्ने र घरपरिवारसँगै घरको काम गरेर दिन बिताउने गरेकी छु ।”

निशा मात्रै होइन, कोरोना भाइरसको सङ्क्रमणको रोकथामका लागि लकडाउन लागू भएपछि गाउँ फर्किएका धेरै युवायुवती यतिबेला यो समयलाई आफूले जानेको काम गरेर सदुपयोग गरिरहेका छन् । उनीहरुको दैनिकी यतिबेला घरपरिवारलाई सहयोग गर्नाका साथै आफूले जानेका घरेलु सीपको प्रयोग गरेर बितिरहेको छ ।

वालिङ बजारमा मोबाइल पसल गर्दै आउनुभएका मोबाइल सेन्टरका केशव पराजुली यतिबेला वालिङ नगरपालिका १२ चौतारस्थित आफ्नै घरमा घाँस काट्नका लागि प्रयोग गरिने डोको, मल बोक्न प्रयोग हुने थुन्से बुन्न व्यस्त देखिनुहुन्छ । बिहान उठेदेखि साँझसम्म उनको दैनिकी बाँसघारीमा गएर बाँस काटेर घरमा ल्याउने डोको र थुन्सेका लागि आवश्यक चोया तयार पारेपछि बुन्ने काम गरेरै बित्ने गरेको छ ।

पेशाले मोबाइल व्यापारी रहेका पराजुली फुर्सदको समयमा यत्तिकै बस्नुभन्दा आफूले जानेको सीप प्रयोग गर्दा समय बिताउन पनि सजिलो हुने र गाउँघरमा काम लाग्ने भएकाले व्यापार व्यावसाय बन्द भएपछि गाउँमा आएर डोका, थुन्से सुपोलगायतका बाँसबाट बनाउन सकिने सामग्री बनाएको बताउनुभयो । पराजुलीले भन्नुभयो, “आफूले जानेको काम गर्न लाज मान्नु पर्दैन गाउँघरमा हराउँदै गएको यो पेशालाई जोगाउन पनि मैले यो काम गरेको हुँ लकडाउन भरको अवधि डोका, थुन्से बुनेर खाली समया बिताउने योजना बनाएको छु ।”

मिर्मी बहुमुखी क्यापम्समा बीबीएस चौथो वर्षमा अध्ययनरत विन्दू भट्टराई पनि विश्वमा कोरोना सङ्क्रमणको महामारी फैलिएपछि सरकारको लकडाउनको घोषणासँगै कलेज बन्द भएपछि घरपरिवारसँगै घेतबारीमा काम गरेर बिदाको समयको सदुपयोग गरेको बताउनुहुन्छ । भट्टराईले भन्नुभयो, “अहिले गाउँघरमा खेती लगाउने समय भएकाले यही काममा ब्यस्त रहेकी छु ।” परिवारसँगै काम गर्दा रमाइलो पनि हुने घरको काममा सहयोग पनि पुग्ने भएकाले परिवारसँगै काम गर्ने गरेको उहाँ बताउनुहुन्छ । छरछिमेमा भीडभाड गरेर गफ लगाएर बस्नुभन्दा सुरक्षित भएर आफूले सकेको काम गरेर यो समयको सदुपयोग गर्न सुझाउने गरेको विन्दु बताउनुहुन्छ ।

पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्री लकडाउनको समयमा गाउँघरमा आएका युवायुवतीले गाउँघरमा आफूले जानेको सीपलाई प्रयोग गर्ने अवसरको रुपमा प्रयोग गरिरहेको देख्दा खुशी लागेको बताउनुभयो । नगरप्रमुख क्षेत्रीले भन्नुभयो । “सङ्क्रमणको त्राससँगै सरकारले लकडाउनको घोषणा गरेपछि गाउँघरमा आएका युवायुवती शुरुशुरुमा अन्योलमा परे पनि अहिले कोही डोका बुन्ने खेतबारीमा काम गर्नुका साथै तरकारी लगाउन थालेका छन् यसले युवा जमातमा एक खालको सकरात्मक वातावरण पनि निर्माण गरेको पाएको छु ।”

पुतलीबजार नगरपालिका–३ का अनन्तकुमार श्रेष्ठले लकडाउनका कारण विद्यार्थी लामो समय घरमै बस्नु परे पनि यो समयमा घरपरिवारले आफ्नो पारिवारिक अवस्थाका साथै परम्परा र संस्कृतिका बारेमा सिकाएर समयको सदुपयोग गर्न सकिने बताउनुहुन्छ । श्रेष्ठले भन्नुभयो, “मैले यो समयमा छोराछोरीलाई कविता रचना गर्न लगाउने चित्र बनाउन लगाउने गरेको छु, यसमै उनीहरु अहिले रमाउने गरेका छन् ।” यो लकडाउनको समयमा अभिभावकले आफ्ना छोराछोरीलाई आफूसँगै राखेर पारिवारिकलगायतका अन्य रचनात्मक काममा समेत लगाउन सकिने आफूले अनुभव गरेको श्रेष्ठको श्रेष्ठ बताउनुहुन्छ । यसैगरी सबैले आफ्नो क्षमता र अनुभवका आधारमा घरपरिवार भित्रै रहेर गर्न सकिने काम गरेमा लकडाउनको पालनासँगै समयको सदुपयोगसमेत गर्न सकिन्छ ।

यस्तै बिरुवा गाउँपालिका–१ स्थित कार्कीडाँडागाउँलाई नै क्वारेन्टाइनमा परेको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरे बिदेशबाट आउनेलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने घोषणाा गरेसँंगै सिङ्गो कार्कीडाँडागाउँ क्वारेन्टाइनमा परेको हो ।

कार्कीडाडाँगाउँका दुई युवा चैत ६ गते ओमनबाट काठमाडौँ उनीहरु ९ गते गाउँमा आएका थिए । गाउँमा आएपछि पूरै गाउँ डुल्नुका साथै चैत १५ गते पोखरास्थित मनिपालमा शिक्षण अस्पतालमा एक छिमेकीको मृत्यु भएको र ती युवा पनि गाउँलेसँगै मलामी गएपछि सङ्क्रमणको त्रासले सिङ्गो गाउँलाई नै होम क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले बताउनुभयो । शर्माले भन्नुभयो, “विदेशबाट आएका दुई युवामा त्यस्तो कुनै पनि लक्षण अहिलेसम्म त देखिएको छैन तर सावधानी अपनाउनुभयो भनेर गाउँलाई नै क्वारेन्टाइनमा राखेका छौँ ।”

कार्कीडाडाँमा रहेका २८ घरधुरीका १४३ लाई होम क्वारेन्टाइनमा राखिएको र नियमित स्वास्थ्य परीक्षण गरिएको प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले जानकारी दिनुभयो ।