११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

गृहमा जेनजी हेल्पडेस्क, घाइतेका गुनासादेखि सहकारीपीडितका दुःखसम्म

गृहमा जेनजी हेल्पडेस्क, घाइतेका गुनासादेखि सहकारीपीडितका दुःखसम्म
अ अ+ अ-

काठमाडौँ। ‘सर नमस्कार, जेनजी आन्दोलनका क्रममा घाइते हुनुभएका एक जनालाई समस्या आइपर्‍यो, सहजीकरण गरिदिनुपर्‍यो”, गृहमन्त्रालयमा स्थापना भएको जेनजी हेल्पडेस्कमा गुनासो सुनिसकेपछि दोलखाका साम्राज्य खड्काले गुनासोलाई सम्बन्धित ठाउँमा ‘रेफर’ गरिदिनुभयो ।

यही असोज ७ गते स्थापना भएको जेनजी हेल्पडेस्कमा खड्कासँगै दैलेखका राजेन्द्र अधिकारी र मोरङका जुनाल गदाल हरेक दिन यसैगरी गुनासा सुन्नुहुन्छ र सम्बन्धित ठाउँमा पुर्‍याउनुहुन्छ । “बिहान १० बजेदेखि काम सुरु हुन्छ, तर घर फर्कने टुङ्गो हुँदैन, कहिलेकाँही रात पनि यहीँ बित्छ”, खड्काले कामको व्यस्तता सुनाउनुभयो । फोन गर्नेहरु अधिकांशले आफ्ना गुनासा, सससुनाउँछन् भने कतिपयले सहयोगको अपेक्षा पनि राख्छन् ।

खड्काका अनुसार यो कुनै सरकारी नियुक्ति होइन । जेनजी समूहले स्वयमसेवकका रुपमा उहाँहरुलाई हेल्पडेस्कमा खटाएको हो । दैलेखका राजेन्द्र अधिकारीको अनुभवमा सिंहदरबारभित्र बसेर सहयोगी भूमिका निभाउन सजिलो नहुने रहेछ । “पहिले त जेनजीलाई सिंहदरबारभित्र छिर्न पनि चुनौती थियो, अहिले विस्तारै सहज बन्दै गएको छ, हेल्पडेस्कमा काम गर्दा धेरै फरक अनुभव पनि भइरहेको छ ।”

अधिकारीका अनुसार फोन गर्नेहरुले सिंहदरबारमा पस्ने गेट पासदेखि अस्पतालमा उपचाररत घाइतेका समस्या सुनाइरहन्छन् । “प्रक्रियागत काम गर्दा कहिलेकाँही केही ढिला पनि हुन्छ, अलिकति ढिला हुँदा केही जेनजी साथीहरु रिसाउनुहुन्छ, हामीलाई कतिपय अवस्थामा सम्झाउन पनि गाह्रो हुन्छ ।”

जेनजी हेल्पडेस्कमा हालसम्म १२४ वटा गुनासा रेकर्ड भएका छन् । जसमध्ये ८३ वटा गुनासा जेनजीले गरेका छन् । जेनजी आन्दोलनका पीडित र पीडितका परिवारमा देखिएको समस्या सुल्झाउनतर्फ आफूहरु बढी केन्द्रित भएको अधिकारीको भनाइ छ । त्यसबाहेक स्थानीयस्तरमा भोग्नुपरेका गुनासा पनि हेल्पडेस्कमा आउँछन् ।

मोरङका जुनाल गदालका अनुसार जेनजीका समस्यासँगै सिमान्तकृत समुदायले भोग्नुपरेका समस्या, सहकारीपीडितले पनि हेल्पडेस्क गुहार्छन् । “कतिपयले त हामीले उहाँका दुःखेसो सुनिदिँदा मात्रै पनि राहत महसुस गर्नुहुन्छ”, गदालले भन्नुभयो, “यद्यपि अहिले हामी जेनजीलाई नै केन्द्रित गरेर सहयोग गर्दै आएका छौँ ।”

उहाँका अनुसार कतिपय घाइते अस्पतालबाट डिस्चार्ज भएपछि दुःख पाएको अवस्था छ । यस्ता गुनासालाई हामीले उपलब्ध स्रोत र साधनबाट जतिसक्दो चाँडो सम्बोधन गर्ने प्रयास गरिन्छ । “हामीले यहाँ बसेर काम गर्दा सिहंदरबार र नागरिकबीच ठूलो खाडल रहेको पायौँ, यहाँ आएपछि नागरिकका पीडाबारे बोध भएको छ, उहाँको पीडामा मलहम लगाउने हाम्रो प्रयास हो ।”

हेल्पडेस्कमार्फत गुनासो गर्दा जेनजीले सहयोग गर्छन् भन्ने धेरैलाई विश्वास लागेको उहाँको बुझाइ छ । यसले आफूहरुलाई थप जिम्मेवार बनाएको उहाँहरुको भनाइ छ ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि कतिपयले असुरक्षित महसुस गरेको, शान्ति सुरक्षामा चुनौती देखिएको र जेनजी पुस्ताका थुप्रै गुनासो आउने हुँदा समाधानका लागि हेल्पडेस्क राखेको बताउनुभयो । जसमा जेनजी पुस्ताका युवाहरुले नै गुनासो सुन्नुहुन्छ र समाधानमा सहजीकरण गर्दैआउनुभएको छ । रासस