१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

सरकार प्रेसमाथि हमला गर्दैछ, त्यो कदापि मान्य छैन-डा महत

सरकार प्रेसमाथि हमला गर्दैछ, त्यो कदापि मान्य छैन-डा महत
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकार आलोचना सहन नसक्ने अवस्थामा पुगेको र पछिल्लो समयमा प्रेसमाथिकै हमलामा उत्रिएको भन्दै यस्त कार्य लोकतन्त्रमा कदापि मान्य नहुने बताएका छन् ।

काठमान्डु प्रेस अनलाइन पत्रिकाले चीनबाट मेडिकल सामान खरिदका विषयमा ‘महँगो स्वास्थ्य सामग्री खरिद गरेको र त्यसमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता रहेको’ भन्ने सामाचार प्रकाशित गरेको विषयलाई लिएर सत्ताक़ो दुरुपयोग गरी सत्ताको दबावमा वेब डेभलपर नै लगाएर समाचार पोर्टलभित्रै गएर प्रकाशित समाचार हटाउन लगाएको भनी आएको विषय निकै गम्भीर र सत्ताको आडमा गरिएको एक अक्षम्य गल्ती भएको डा महतले बताएका छन् ।

यस विषप्रती नेपाली काँग्रेसको गम्भिर ध्यानाकर्षण भएको उनले आज आफ्नो फेसबुक स्टाटसमार्फत बताएका छन् । यस हर्कतले प्रेस स्वतन्त्रतता माथि ठुलो आक्रमण त भयकै छ यस कार्यले स्वास्थ्य सामग्री खरिदमा भएको ठुलो आर्थीक अनियमितातर्फ पनि थप संकेत गर्दछ्र ।

यस प्रकरणमा सम्बद्ध निकायले तुरुन्त छानबीन गरी दोषीलाई तुरुन्त कारबाही गर्न पनि उनले माग गरेका छन् । सहमहामन्त्री ड.महतले प्रेस स्वतन्त्रता कुनै पनि लोकतान्त्रिक राज्यको गहना हो र यस्तो स्वतन्त्र प्रेस एवं नागरिकको वाक तथा अभिव्यक्ति स्वतन्त्रताका लागि नेपाली काँग्रेसले आजमात्र नभएर विसं २००७ सालदेखि लडेको स्मरण गर्दै संविधानले नै आफ्नो मौलिक हकमा व्यवस्था गरेको स्वतन्त्र प्रेसको मूल्य मान्यता विपरीत गएर यदि कसैले कुनै काम गर्छ भने नेपाली काँग्रेसलाई त्यो कदापि मान्य नहुने बताएका छन् ।

साथै उनले सरकार अहिलेको महामारीजस्तो संवेदनशील समयमा पनि गम्भीर बन्न नसकेको र उसका अनियमिताका कर्तुतहरुमा लेखिएका समाचारका कारण पछिल्लो समयमा विक्षिप्त बन्दै सत्ताको आडमा प्रेसमाथि हमला गर्नेजस्ता कार्यमा लागेकोले यस्ता कार्य तत्कालै रोक्न र प्रेस जगतले स्वतन्त्र रुपमा काम गर्ने वातावरण सृजना गर्न माग गरेका छन्।