५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

‘जेन जेड’ प्रदर्शनकारीः विश्वभर फैलिएको युवाको असन्तुष्टिको लहर

‘जेन जेड’ प्रदर्शनकारीः विश्वभर फैलिएको युवाको असन्तुष्टिको लहर
Soldiers are greeted by people gathering for a ceremony in tribute to demonstrators killed during recent anti-government protest in Antananarivo, Madagascar, Sunday, Oct. 12, 2025. (AP Photo/Mamyrael)
अ+ अ-

एजेन्सी । एन्डिज पर्वतदेखि हिमालयसम्म युवा पुस्ताको असन्तुष्टि र निराशाबाट प्रेरित विश्वव्यापी विरोध आन्दोलनहरूको नयाँ लहर फैलिँदै गएको छ । सरकारहरूविरुद्धको आक्रोश र सुधारको मागले विश्वका विभिन्न मुलुकमा युवाहरू सडकमा उत्रिएका छन् ।

यसै साता मडागास्करका राष्ट्रपति एन्ड्री राजोलिनालाई सैनिक विद्रोहपछि पदबाट हटाइएपछि देश त्याग्न बाध्य हुनुपर्‍यो । यो परिवर्तन हप्तौँदेखि निरन्तर भइरहेका युवा नेतृत्वका आन्दोलनको परिणाम थियो । आफूहरूलाई ‘जेनेरेसन जेड मडागास्कर’ भन्ने ती प्रदर्शनकारीहरूले राजनीतिक प्रतिष्ठानविरुद्धको असन्तोषलाई सडकमा उतारेका थिए ।

हिन्द महासागरको उक्त टापु राष्ट्रमा उत्पन्न असन्तुष्टिको लहरले नेपाल, फिलिपिन्स, इन्डोनेसिया, केन्या, पेरु र मोरक्कोमा भइरहेका हालैका विरोध प्रदर्शनहरूको झल्को दिएको छ । यी आन्दोलनहरू विभिन्न तत्कालीन कारणहरूबाट सुरु भए पनि तिनीहरूलाई लामो समयदेखि जरा गाडेका असमानता, बेरोजगारी, भ्रष्टाचार र नेताहरूको नातावादले सघाएको छ ।

तर सबै आन्दोलनहरूको साझा विशेषता भनेको युवा पुस्ताको अग्रसरता हो । प्रायः नेतृत्वविहीन यी आन्दोलनका सहभागीहरू सन् १९९६ देखि सन् २०१० बीच जन्मिएका, इन्टरनेट युगमै हुर्केका ‘जेन जेड’ पुस्ताका हुन् ।

बेलायतस्थित अनुसन्धान संस्था सोसल चेन्ज ल्याबका निर्देशक स्याम नाडेल भन्नुहुन्छ, “यी विरोधहरूको साझा भावना भनेको परम्परागत राजनीतिक प्रणालीहरूले युवा पुस्ताका चिन्ताहरू — चाहे भ्रष्टाचार, जलवायु सङ्कट वा आर्थिक असमानता — सम्बोधन गर्न सकेका छैनन् भन्ने हो । जब संस्थागत बाटोहरू बन्द हुन्छन्, विरोध नै तर्कसङ्गत विकल्प बन्छ ।”

विश्वभरको आन्दोलन एक अर्काबाट प्रेरित

विभिन्न मुलुकका यी आन्दोलनहरू सरकारको अतिक्रमण, उपेक्षा वा अन्यायपूर्ण नीतिबाट भड्किएका छन् । कतिपय देशमा सुरक्षा निकायको कठोर दमन र हिंसात्मक प्रतिक्रिया पनि देखिएको छ ।

मोरक्कोमा ‘जेनेरेसन जेड २१२’ नामक नेतृत्वविहीन समूह राम्रो सार्वजनिक सेवा र स्वास्थ्य–शिक्षामा खर्च बढाउन माग गर्दै सडकमा उत्रिएको छ । पेरुमा पेन्सन ऐन र व्यापक भ्रष्टाचारविरुद्धको विरोधले शासन सङ्कट निम्त्याएको छ । इन्डोनेसियामा सांसदहरूको भत्ता र जीवनयापन खर्चको मुद्दाले घातक प्रदर्शन निम्त्यायो । त्यसपछि राष्ट्रपति प्रमुख मन्त्रीहरू हटाउन बाध्य हुनुभयो ।

दक्षिण एसियामा भने सबैभन्दा प्रभावशाली ‘जेन जेड आन्दोलन’ नेपालमा भयो । सेप्टेम्बरमा प्रधानमन्त्रीको राजीनामासँगै समाप्त भएको यस आन्दोलनले सन् २०२२ को श्रीलङ्काली र सन् २०२४ को बङ्गलादेशी आन्दोलनबाट प्रेरणा लिएको थियो । त्यसैको प्रभावमा मडागास्करका युवाहरूले पनि आन्दोलनलाई सशक्त बनाए ।

मडागास्करमा सुरुमा नियमित पानी र बिजुली कटौतीविरुद्ध सुरु भएको विरोध केही सातामै सरकारविरुद्धको व्यापक आन्दोलनमा परिणत भयो । अन्ततः बुधबार सैन्य नेताले आफू ‘राष्ट्रपति बनेको’ घोषणा गर्दै सत्ताको बागडोर सम्हाले ।

‘वन पिस’ झण्डाः पप संस्कृति र प्रतिरोधको प्रतीक

यी आन्दोलनहरूमा एक साझा सांस्कृतिक प्रतीक पनि देखा परेको छ — कालो झण्डा । यसमा मुस्कुराइरहेको खोपडी र परालको टोपीसहित क्रसबोन्स चित्रित छ । यो जापानी मङ्गा ‘वन पिस’ बाट प्रेरित प्रतीक हो । यसले अन्यायपूर्ण सरकारविरुद्ध लड्ने समुद्री डाकुहरूको कथालाई चित्रित गर्छ ।

नेपालमा सिंहदरबार र मन्त्रालयहरूमा यही झण्डा प्रदर्शनकारीहरूले फहराएका थिए । यही प्रतीक फिलिपिन्स, इन्डोनेसिया, मोरक्को र मडागास्करमा पनि देखियो ।

पेरुको राजधानी लिमामा २७ वर्षीय इलेक्ट्रिसियन डेभिड टाफुरले सोही झण्डा बोकेर साप्ताहिक विरोधस्थल सान मार्टिन स्क्वायरमा उभिँदै भन्नुभयो, “हामी सबै भ्रष्ट र हत्यारा नेताहरूविरुद्ध एउटै युद्ध लड्दैछौँ ।”

उहाँका अनुसार पेरुमा सन् २०१७ देखि हत्या र जबरजस्ती असुलीका घटनाहरू बढेका छन्, तर सरकारले अपराधविरुद्धका प्रयासलाई कमजोर बनाएको छ । “शक्तिको दुरुपयोग र भ्रष्टाचारको विरोधमा हाम्रो आक्रोश स्वःस्फूर्त रूपमा सडकमा आएको हो”, उहाँले भन्नुभयो ।

गत हप्ता पेरुकी राष्ट्रपति दिना बोलुआर्टे अनुसन्धानको घेरामा परेपछि पदबाट हटाइनुभएको थियो र अन्तरिम राष्ट्रपति जोसे जेरी नियुक्त हुनुभएको थियो । तर टाफुरले भन्नुभयो, “यो पर्याप्त छैन, किनभने नयाँ राष्ट्रपति पनि पुरानो सत्ताको सहयोगी हुनुहुन्छ ।”

डिजिटल युगमा ‘जेन जेड’ आन्दोलनको रूपान्तरण

इतिहासमा युवाले नै ठूलो आन्दोलनहरूको नेतृत्व गरेका छन् । सन् २०११ को अक्युपाई वाल स्ट्रिट, सन् २०१०–१२ को अरब स्प्रिङ र सन् २०१४ को हङकङको अम्ब्रेला क्रान्ति त्यसका उदाहरण हुन् । तर ‘जेन जेड’ ले डिजिटल मिडियाको प्रयोगलाई नयाँ उचाइमा पुर्‍याएको छ ।

“सूचना आदान–प्रदान र जनसम्पर्कका लागि डिजिटल प्लेटफर्महरू अब शक्तिशाली हतियार बनेका छन् । सबैभन्दा सफल आन्दोलनहरू तिनलाई भौतिक सङ्गठनसँग मिलाएर अघि बढाउँछन्”, नाडेलले स्पष्ट पार्नुभयो ।

नेपालमा सरकारद्वारा सामाजिक सञ्जालमा लगाइएको अस्थायी प्रतिबन्धपछि युवाहरूले भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) मार्फत टिकटक, इन्स्टाग्राम र एक्स प्रयोग गरी आन्दोलनलाई सशक्त बनाए । तिनीहरूले राजनीतिज्ञका सन्तानहरूको विलासी जीवनशैली, गरिब–धनीबीचको असमानता र सरकारविरुद्धको योजनाबद्ध र्‍यालीहरू प्रचार गरे ।

कसलाई अन्तरिम नेता बनाउने भन्ने सुझावसम्म पनि उनीहरूले गेमिङ प्लेटफर्म डिस्कोर्ड मार्फत आदान–प्रदान गरे ।

“भ्रष्टाचार र अन्यायविरुद्धको आवाज डिजिटल मिडियामार्फत विश्वभर फैलिन्छ । नेपालमा भएको जेन जेड आन्दोलनले अरू देशका युवालाई पनि सशक्त बनायो”, नेपालका युवा प्रदर्शनकारी युजन राजभण्डारीले भन्नुहुन्छ, “हामी केवल नेपाली होइनौँ, विश्व नागरिक हौँ भन्ने हामीले महसुस गर्‍यौँ । डिजिटल स्पेसले हामीलाई जोडेको छ र यसले विश्वभर नयाँ युगको शक्ति प्रदर्शन गरेको छ ।”