२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलेवा विमानस्थल सञ्चालन नहुँदा स्थानीयवासी निरास



अ+ अ-

पर्वत । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको बलेवा विमानस्थल बन्द भएको ३६ वर्ष भए पनि हालसम्म सञ्चालनमा नआउँदा स्थानीवासी निरास बनेका छन् ।

विसं २०२२ मा निर्माण गरिएको उक्त विमानस्थल विसं २०४८ सम्म सञ्चालन भए पनि त्यसपछि पूर्ण रूपमा बन्द छ । विमानस्थलमा भौतिक संरचना सम्पन्न भएपछि नियमित उडानको आशामा रहेका यहाँका नागरिकले नियमित उडान र सञ्चालनका लागि कुनै निकायबाट पहल नभएको गुनासो गरेका छन् ।

पोखरा(बागलुङ सडक विस्तार भएपछि यात्रु अभावमा विमानस्थल बन्द भएको थियो । बन्द भएको २७ वर्षमा बागलुङ नगरपालिकाले सञ्चालनको प्रयास गरेको थियो । विसं २०७४ चैत ९ गतेदेखि पुनःसञ्चालनमा ल्याइएकामा यात्रु अभावले छ महिना पनि नियमित सञ्चालन हुन सकेन । नेपाल एयरलाइन्स र तारा एयरलाइन्सका जहाजले केही महिना हिउँदमा धुलाम्मे र वर्खामा हिलाम्मे धावनमार्गमा उडान भरेका थिए ।

अहिले रु आठ करोडभन्दा बढी खर्च गरेर धावनमार्ग, पार्किङ तथा टर्मिनल भवन मर्मतसम्भार गरेर आकर्षक बनाइएको छ । चौबीस मिटर चौडा, तारबारले घेरिएको, टर्मिनल भवन मर्मत गरेर रङरोगन गरिएको विमानस्थल हवाईजहाजको पर्खाइमा रहेको विमानस्थलका कार्यालय सहयोगी सविता शर्माले बताउनुभयो । उहाँका अनुसार नागरिक उड्डयन प्राधिकरणले रु आठ करोड खर्चेर चार वर्षअघिमात्र विमानस्थल कालोपत्र तथा अन्य पुराना पूर्वाधार मर्मत गरेको थियो ।

विमानस्थलमा गरेको लगानी जहाज नआउँदा बालुवामा पानीजस्तै भएको राम शर्माले बताउनुभयो । उहाँले विमानस्थलमा एक कार्यालय सहयोगीले नियमित रेखदेख गर्दै आउनुभएको छ । “यहाँ १८ देखि २४ सिट क्षमताका जहाज सञ्चालन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

यो विमानस्थलमा हवाई सेवा नियमित भएमा बागलुङ जिल्लाका साथै पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने स्थानीयको भनाइ छ । बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधि आइसकेपछि विमानस्थल सञ्चालन गर्न सातामा दुई दिन उडान भर्ने र यात्रु अभाव हुँदाको भाडा नगरपालिकाले व्यहोर्ने सम्झौता गरेपछि केही महिना सञ्चालनमा आएको थियो । पछि विमानस्थलको धावनमार्ग पक्की बनेपछि सेवा सञ्चालन झनै ठप्प बनेको छ ।

कालोपत्र भएर चिटिक्क बनेको विमानस्थलमा अहिलेसम्म परीक्षण उडान पनि नभएको बागलुङ–१४ नारायणस्थानका वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता चक्रबहादुर खत्रीले बताउनुभयो । उहाँले बलेवाका स्थानीय अझै जहाज आउनेमा आशावादी रहेका भन्दै पटकपटक जहाज चलाउन पहल भए पनि सार्थकता पाउन नसकेको उल्लेख गर्नुभयो ।

हरेक सरकारका पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई विमानस्थल अवलोकन गराउँदै आइएको जनाउँदै खत्रीले कसैबाट ठोस् पहल नभएको उल्लेख गर्नुभयो । “राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोर कालोपत्रको चरणमा रहेकाले कालोपत्र भइसक्दा यात्रु सहज ढङ्गले विमानस्थलमा आउने वातावरण भएमा विमानस्थल सञ्चालन हुन सक्छ । नगरले विमानस्थललाई पाइलट प्रशिक्षण केन्द्र तथा अल्ट्रालाइटजस्ता साहसिक उडानका लागि पहल गरिरहेको छ”, उहाँले भन्नुभयो ।

निजी क्षेत्रका एयरलाइन्सले यात्रु सुनिश्चितता नभएसम्म उडान भर्न नमान्ने गरेकाले समस्या भएको तत्कालीन विमानस्थलका पूर्वप्रबन्धक सूर्यबहादुर खत्रीले बताउनुभयो ।

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मध्यभागमा पर्ने विमानस्थलका कारण पर्यटन प्रवर्द्धनको सम्भावना भए पनि नियमित सञ्चालन गर्न नसकिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले स्वीकार गर्नुभयो । उहाँले नगरको पहलले मात्रै विमानस्थल सञ्चालन गर्न सम्भव नहुने जनाउँदै सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभयो ।

कालीगण्डकी करिडोर सम्पन्न भएपछि र कुश्मादेखि जोडिने यान्त्रिक पुल, बन्जी पुल र नयाँ बन्ने झोलुङ्गे पुल सम्पन्न भएपछि यात्रुको समस्या नहुने स्थानीय कमल जिसीले बताउनुभयो । त्यसका लागि अझै केही समय प्रतीक्षा गर्नुपर्ने उहाँको भनाइ छ ।