१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

किसानका दुःख, “गाई पनि सडकमा पुग्ने भए, ऋणले किसान पनि सडकमा पुग्ने भयौं”

किसानका दुःख, “गाई पनि सडकमा पुग्ने भए, ऋणले किसान पनि सडकमा पुग्ने भयौं”
अ अ+ अ-

काठमाडाैंः

“गाई पनि सडकमा पुग्ने भए, ऋणले किसान पनि सडकमा पुग्ने भयौं” काठमाडाैंकाे दुग्ध किसान निलबाराही मिश्रित कृषक समूहका अध्यक्ष एवं गाईपालक किसान ताराबहादुर भण्डारीको मन अचेल गोठमा बाधिराखेको गाई छेउ पुग्दा निकै अमिलो हुन्छ ।

केही बर्षदेखि दुग्ध व्यवसायलाई नै आफ्नो मुख्या पेसा बनाएका भण्डारीलाई आफूले पालेका गाईलाई पुटभरी आहारा र दान खुवाउन नसक्दा त्यही गाईले दिएको दूघ खाँदा पनि मन अमिलो हुने गरेको छ । खै मरेपछि गाईको पुच्छर समातेर बैतर्नी तरिन्छ भन्थे तर ज्यूँदो हुँदा नै गाईलाई पेटभरी दाना खुबाउन सकिएन त्यै पाप पो लाग्ला जस्तो भयो ।

भण्डारी जस्तै धेरै दुग्ध किसानहरु यतिबेला निकै चिन्तामा छन् । लकडाउनका कारण यतिबेला गाईपालन व्यवसाय संकटमा परेको छ । सरकारले लकडाउनको समयमा दुध, हरियो तरकारी, दैनिक उपभोग्य सामान, खाना पकाउने ग्यास, इन्धन लगायतका ढुवानीका साधन निर्वाध सञ्चालन हुने भनेपनि व्यवहारमा त्यस्तो नदेखिएपछि गाईपालन व्यवसाय नै संकटमा पर्दै गएको हो । पहिलो चरणको लकडाउनको समयमा गाईका लागि आवश्यक दाना, भुसा, पराल लगायतको मुस्किलले जोहो गरेका गाईपालक कृषक लकडाउनको समय लम्बिएपछि मर्कामा परेका हुन् ।

लकडाउन थपिएसंगै दाना, भुसा, पराल लगायत आपुर्तिमा समस्या भएपछि मुलुकभरका गाईपालन व्यवसाय संकटमा परेका हुन् । काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा पनि गाईलाई खुवाउने दाना, भुसा, पराल पाईन छाडेपछि किसान को आक्रोश बढ्दै गएको छ । उनीहरु गाईनै फुकाएर छोड्ने स्थितिमा पुगेका छन् । लकडाउनले दाना पराल ल्याउन नपाएपछि गाईपालकको अगाडि गाईलाई बचाईराख्ने र उत्पादित दुधको व्यवस्थापन मुख्य समस्याको विषय बनेका छन् ।

खानाको कमीले गाईको स्वास्थ्यमा प्रतिकूल असर पर्नुको साथै दूध उत्पादनमा पनि कमि आएको छ भने उत्पादित दुधको व्यवस्थापन पनि हुन सकेको छैन । निलबाराही मिश्रीत कृषक समुहका अध्यक्ष एवं गाईपालक किसान ताराबहादुर भण्डारी र अर्का गाईपालक किसान गाईलाई खुवाउने आहारको अभावको स्थिति आएकाले आफूहरु गाइ फुकाएर छोड्न बाध्य हुने अवस्थामा पुगेको बताए ।

गाईपालक कृषक श्रेष्ठले भने, “नेपाल सरकारले केही गरेर मान्छेलाई पाले जस्तै गाईबस्तु पनि पाल्नुपर्छ बचाउनुपर्छ है भने ठीकै हो । होइन भने फुकाउने छोड्ने भन्दा विकल्प छैन हाम्रो ।”

भण्डारीको गाई फाममा अहिले २० वटा गाई छन् । दाना अभावमा गाईको खानाको मात्रा घटाउँदा दुध उत्पादनमा पनि कमि आएको छ । त्यही दुधको पनि बजार व्यवस्थापनको समस्या भोग्नुपर्दा भण्डारी चिन्तित छन् । निलबाराही मिश्रीत कृषक समुहमा ८० जना व्यवसायीक गाईपालक कृषक आवद्ध छन् । उनीहरुको फार्ममा झण्डै ३ हजार गाई छन् ।

यो समूहमा आवद्ध भएका गाईपालकहरुले मात्रै दैनिक १६ हजार लिटर दुध उत्पादन गर्दे आएका थिए । अहिले दाना र आवश्यक भुसाको अभावमा उपादन घटेर ४ हजार लिटरमा झरेको छ । त्यो ४ हजार लिटर दुधको पनि व्यवस्थापन गर्न नसक्दा कृषक थप मर्कामा परेका हुन् । सरकारले तत्काल कुनै निर्णय नलिने हो भने गाईपालक किसान व्यवसायबाट नै पलायन हुनसक्ने अबस्था आउने गाईपालक किसान भण्डारीले बताए ।

उनले भने “ लकडाउन लम्बियो भने धेरै प्रतिशत मान्छेहरु यो व्यवसाय छोडेर भाग्नुपर्ने स्थिति छ । बैकको लोनले डुब्ने स्थिति छ । घर घडेरी, जग्गा जाने स्थिति छ । व्यवसाय नै चौपट हुन्छ । सरकारले बेलैमा ध्यान देओस् ।” अन्य व्यवसाय जस्तो सटर बन्द गरेर हिड्न मिल्ने व्यवसाय नभएकाले गाईलाई बचाई राख्नुको साथै गाईपालक कृषकको लगानी डुब्न नदिन सरकारले दाना र दुधको व्यवस्थापनको प्रबन्ध मिलाउनुपर्नेमा जोड दिए । दाना अभावमा गाईलाई आधा पेट खुवाएर राख्दा त्यसले दिर्घकालिन उत्पादनमा असर पर्ने भण्डारीले बताए ।

अर्का कृषक रविन शर्मा लकडाउनको समयमा सरकारले सबैलाई राहतको व्यवस्था गरेपनि गाईपालकका समस्या सम्बोधन नगरेको गुनासो गरे । उनी गाईलाई खुवाउने दाना र उत्पादित दुध व्यवस्थापनको प्रबन्ध मिलाईदिए सरकारसग अरु आशा र अपेक्षा नरहेको बताए । उनले भने “दाना, भूसा केही नपाउँदा गाई बचाउन गाहे भईराखेको छ । सरकारे हामी किसानहरुलाई हेरिदिनुपर्यो । सहज तरिकाले हेरिदिनुपर्यो । हाम्रो व्यवसाय नडुबोस् । दाना, पीठो , चोकर चाही ल्याउन पाईयोस् । खुवाउन पाईयोस् । त्यत्तिचाही खुल्ला गरिदिए हुन्थ्यो । हाम्रो व्यवसायलाई रोकावट नगरि निरन्तर गर्न पाए हुन्थ्यो ।”

काठमाण्डौ उपत्यकामा झण्डै ५ लाख गाई रहेको अनुमान गरिन्छ । गाईपालकहरु लकडाउनको समय थपिदै जाने क्रम संगै गाईको आहारमा समस्या हुदा काठमाण्डौ उपत्यकाका तीन जिल्लामा मात्रै सयौ गाई खान नपाएर मर्ने अवस्थामा पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले गाईलाई आवश्यक पर्ने दाना, भुसा र परालको सहज आपूर्तिको समयमै व्यवस्था गर्नुको साथै उत्पादितको दुध व्यवस्थापनको प्रबन्ध मिलाई गाईपालक कृषकका लागि पनि सरकारले राहत प्याकेज घोषणा गर्न माग गरेका छन् ।

काेराेना नियन्त्रणका नाममा अरू धेरै क्षेत्रले राहत पाउन लागेकाे भन्दै चर्चा गरिए पनि मुलुककाे अर्थतन्त्रकाे तल्लाे अवस्थामा रहेका किसानका समस्याप्रति सरकार गम्भीर नबनेकामा सर्वत्र चिन्ता र चासाे व्यक्त गर्न थालिएकाे छ ।