१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

कोरोना महामारीबाट विश्वभर ५० हजार बढीको मृत्यु, विश्वभर झण्डै १० लाख मानिस संक्रमित

कोरोना महामारीबाट विश्वभर ५० हजार बढीको मृत्यु, विश्वभर झण्डै १० लाख मानिस संक्रमित
अ अ+ अ-

काठमाडौं

एक्काइसौं शताब्दीकै ठूलो मानवीय स्वास्थ्य संकटको रुप लिइएको कोरोनाभाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ५० हजार नाघेकाे छ । प्रविधि, स्रोतसाधन र सम्पन्नताका दृष्टिले अग्रपंक्तिमा रहेका युरोपेली मुलुक र अमेरिकामा कोरोनाभाइरसले सबैभन्दा ठूलो चुनौती खडा गरेको छ । पछिल्लो विवरण अनुसार विश्वभर ५० हजार २५३ जनाकाे मृत्यु हुनुका साथै ९ लाख ८१ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित भइसकेका छन् ।

विश्व स्वास्थ्य संगठन र अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो विवरण अनुसार युरोपेली मुलुकहरु इटाली, स्पेन, बेलायत, फ्रान्स र जर्मनी अहिले सर्वाधिक खतराको अवस्थामा पुगेका छन् ।

इटालीको पछिल्लो २४ घण्टाको अद्यावधिक विवरण अनुसार मृतकको संख्या १३ हजार ९१५ पुगेको छ भने स्पेनमा मृतकको संख्या १० हजार नाघेको छ । त्यस्तै युरोपकै फ्रान्समा ४ हजार ३२ जना, बेलायतमा २ हजार ९२१ जना, नेदरल्यान्ड्समा १ हजार ३३९ जना, बेल्जियममा १ हजार ११ जना, जर्मनीमा ९९७ जना तथा स्वीट्जरल्यान्डमा ५०५ जनाको ज्यान गइसकेको छ । पछिल्लाे २४ घन्टामा विश्वभर ३ हजार ६१ जनाकाे मृत्यु भएकाे छ ।

उता अमेरिकामा मृतकको संख्या दिनहुँ बढिरहेको छ । पछिल्लो विवरण अनुसार हालसम्म मृतकको संख्या ५ हजार ३४३ पुगेको छ भने २ लाख २६ हजार मानिस संक्रमित छन् । अमेरिकाका विभिन्न शहर र राज्यमा लकडाउन गरिए पनि संक्रमणको दर निरन्तर बढेको अखबारहरुले जनाएका छन् ।

तुलनात्मक रुपमा चीन बाहेकका अन्य एसियाली मुलुकमा कोरोना भाइरसको संक्रमण र मृत्युदरमा केही कमी देखिएको छ । पर्याप्त परीक्षणको व्यवस्था नभएर पनि यो संख्या सानो देखिएको हुन सक्ने बताइए पनि विश्व स्वास्थ्य संगठनले भारत समेतका बढी जनघनत्व भएका मुलुकहरुमा कोरोनाको संक्रमण बढे त्यसले विकराल स्थिति उत्पन्न गर्न सक्ने भन्दै दिनहुँ चेतावनी दिइरहेको छ ।

कोरोनाभाइरसको औषधि कि खोप पहिले भन्ने दौडमा विश्वभरका वैज्ञानिकहरु लागिपरेका खबर आइरहे पनि तत्काल औषधि वा खोपको सम्भावना देखिएको छैन । प्रत्येकजसो अनुसन्धान प्रयोगशालाहरुले औषधि वा खोपको विकास गर्न कम्तीमा एक वर्ष वा सोभन्दा बढी लाग्ने बताउँदै आएका छन् ।

त्यसर्थ, स्वास्थ्य सचेतना नै अहिलेका लागि एकमात्र विकल्प देखिएको छ । खासगरी बुढाबुढी र अन्य रोगबाट पीडित व्यक्तिलाई सुरक्षित तुल्याउनु अहिलेको प्रमुख चुनौती ठानिएको छ । तर, अमेरिका र केही मुलुकमा कतिपय युवा र बालबालिका पनि कोरोनाका कारण मृत्युको मुखमा पुगेका खबरले सबैलाई आश्चर्यचकित बनाएको छ ।