१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बुलेन्स चालक भागेपछि यी कार्यालय प्रमुखले आफ्नै गाडीमा राखेर कोरोना संक्रमितलाई अस्पताल लगे



अ+ अ-

काठमाडौं । गत ४ चैतमा बेल्जियबाट आएकी बागलुङकी ६५ वर्षीया वृद्धामा कोरोना संक्रमण देखिएपछि बिहीबार बेलुका अस्पताल भर्ना गरिएको छ । कोरोनाको लक्षण नदेखिएको भन्दै उनी घरमै बस्दै आएकी थिइन् । संक्रमण भएको रिपोर्ट पोजेटिभ आएपछि उनलाई विहीबार राति धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

तर, अस्पताल लैजान त्यति सहज भने भएन । उनलाई लिन नेपाल रेडक्रस सोसाइटी बागलुङका एम्बुलेन्स चालक जान नमानेपछि स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले आफ्नै चालक रुद्र पराजुलीलाई लिएर विरामी लिन पुगेका थिए ।

मेयरदेखि सिडिओसमेत पन्छिएपछि स्वास्थ्य कार्यालयका प्रमुख गुरौ अग्रसर भए । पिपिई लगाएर उनले वृद्धालाई आफ्नै गाडीमा राखेर अस्पताल पुऱ्याएका हुन् ।

ती वृद्धा छोरी भेट्न बेल्जियम गएकी थिइन् । कतार एयरको क्युआर– ६५२ विमानबाट उनी ४ चैतमै फर्किएकी थिइन् । सोही दिन उनी यति एयरलाइन्समार्फत पोखरा गएकोमा त्यहाँबाट स्कार्पियोमा बाग्लुङ गएकी थिइन् । बाग्लुङकै अर्की कोरोना संक्रमित युवती र उनी सँगै फर्किएका थिए ।

बाग्लुङकी पहिलो संक्रमितको परिवारमा संक्रमण देखिएको छैन । बिहीबार संक्रमण पुष्टि भएकी वृद्धाको परिवारको पनि परीक्षण गर्न लागिएको छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।