१९ मंसिर २०८२, शुक्रबार
,
Latest
एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर अस्पतालले देशभर ‘प्यालियटिभ’ सेवा विस्तार गर्ने



अ+ अ-

भक्तपुर। भक्तपुर क्यान्सर अस्पतालले देशभर प्यालियटिभ सेवा विस्तार गर्ने घोषणा गरेको छ । ‘विश्व हस्पिस तथा प्यालियटिभ केयर दिवस–२०२५’ का अवसरमा आज आयोजित कार्यक्रममा सोे घोषणा गरिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले ‘बिसिएच प्यालियटिभ केयर फन्ड’ स्थापना गर्ने घोषणा गर्नुभयो । सो कोषले आर्थिक रूपमा कमजोर बिरामीलाई निःशुल्क सेवा प्रदानमा सहयोग गर्ने उहाँले बताउनुभयो ।

नेपालमै पहिलोपटक हस्पिस सुविधा स्थापना गर्ने लक्ष्य राखेको जानकारी गराउँदै उहाँले भक्तपुर क्यान्सर अस्पतालले सञ्चालन गरिरहको प्यालियटिभ केयरलाई थप सुदृढ बनाउने तयारी गरेको बताउनुभयो ।

कार्यक्रममा मिस नेपाल २०२५ की लुना लुइँटेलले समाजका सबै वर्गले उपयोग गर्नसक्ने गरी प्यालियटिभ केयरलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बूढाथोकीले नेपाल सरकारले २०२५ देखि २०३५ सम्मका लागि राष्ट्रिय प्यालियटिभ केयर रणनीति स्वीकृत गरेको बताउँदै यसले देशभर प्यालियटिभ सेवा विस्तारमा सहयोगी हुने बताउनुभयो । रासस