१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

आफ्नै गाडी पठाएर मन्त्री मानन्धरले गरे अलपत्र बिरामीको उद्दार

आफ्नै गाडी पठाएर मन्त्री मानन्धरले गरे अलपत्र बिरामीको उद्दार
अ अ+ अ-

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सवारी साधनको अभावमा अलपत्र परेका एक बिरामीलाई आफ्नै गाडी पठाएर उद्दार गरेका छन् ।

बिहिबार साँझ साँढे पाँच बजे बालाजुमा एक जना बिरामी अलपत्र परेको खबर आएपछि मन्त्री मानन्धरले आफ्नै गाडी पठाएर उद्दार गराएका हुन् । ज्वरो र झाडापखाला लागेर उपचार गर्न बालाजु आएका जिपपुर रामघाटका ६६ वर्षिय नवराज घिमिरेको उद्दार गरी घरसम्म लगिएको हो । बिरामी घिमिरेका आफन्तले अलपत्र अवस्थामा मन्त्रीलाई टेलिफोन गरेर जानकारी गराएका थिए । लगत्तै मन्त्री मानन्धरले आफ्नो सचिवालयका जयप्रकाश श्रेष्ठलाई उद्दारका लागि पठाएर घरसम्म पुर्याउने ब्यवस्था मिलाईदएिका थिए । लगातार झडापाला लागेपछि घिमिरे आफन्तको सहयोगमा बिहान उपचारका लागि बालाजु पुगेका थिए ।

मन्त्रीले गाडी नै पठाएर उद्दार गरेपछि बिरामी घिमिरेले सरकारले जनताको रक्षाका लागि गरेको कामबाट निकै खुसी लागेको बताए। लकडाउनका बेला बिरामी, असक्त र कमजोर आर्थिक अवस्थाका नागरिकका लागि सरकारले उद्दार र राहतको कामलाई तिब्रता दिएको मन्त्री मानन्धरले बताए । काठमाडौंमा समस्यामा परेका सर्वसाधारणको सहयोगका लागि आफु निरन्तर लागिरहेको बताउँदै मन्त्री मानन्धरले नेपाल सरकार जनताको सुख दुखमा सँगै रहेको बताए । यस अघि पनि मन्त्री मानन्धरको सचिवालयले काठमाडौंका विभिन्न स्थानमा समस्यामा परेका सर्वसाधारणलाई सहजिकरण गरिरहेको छ ।

स्वकिय सचिव श्रेष्ठका अनुसार काठमाडौंका विभिन्न स्थानमा एकल बृद्धबृद्धा, बिरामी र आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणका लागि अत्यावश्यकिय औषधि, खाद्यान्न, ग्याँस लगायतका वस्तुहरु आपुर्तिमा सचिवालयले सहजीकरण गरिरहेको छ । समस्यामा परेका सयौं सर्वसाधारणलाई आवश्यक सहजिकरण गरिएको श्रेष्ठले जानकारी दिए ।

मन्त्री मानन्धरले विपद्का बेला जनताको आशा र भरोशा जनप्रतिनिधिसँग हुने भन्दै आफ्नो मोबाईल नम्वर सार्वजनिक गरेका थिए ।