६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिल्केनी–सिमलगोलाई सडक सञ्चालनमा



अ+ अ-

इलाम। मेची राजमार्गको विकल्पका रुपमा तिल्केनी–सिमलगोलाई सडकखण्ड सञ्चालनमा आएको छ ।

सो सडकखण्ड अन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरेसँगै यो सडक सञ्चालनमा आएको हो ।

उक्त सडकमार्फत साना सवारीसाधन सञ्चालन सुरु भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताउनुभयो । “ह्युमपाइप र हाइड्रो पावरको टेलरेस्ट विच्छ्याएर जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरिएको छ,” उहाँले भन्नुभयो, “आज साँझदेखि साना सवारीसाधन परीक्षणका रुपमा सञ्चालन गरिएको छ ।” उहाँका अनुसार जोगमाई खोलामा १० वटा ह्युमपाइप र हाइड्रो पावरको टेलरेस्ट तीन टुक्रा खोलामा विच्छ्याएर पानी कटाइएको छ ।

मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी– सिमलगोलाई सडकखण्ड छनोट गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो । त्यहाँको जोगमाई खोलाको बेलिब्रिज गत असोज १८ गतेको बाढीले बगाएपछि अस्थायी डाइभर्सन निर्माण गरिएको हो ।

१२औँ दिनमा वैकल्पिक सडक सञ्चालन गर्न गरिएपछि इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा झर्ने यात्रु र यातायात व्यवसायीलाई सहज भएको छ । इलाम सदरमुकामको तिल्केनीबाट मेची राजमार्गको गोदक जोड्ने १२ किलोमिटरको यो वैकल्पिक सडक तत्कालका लागि प्रमुख विकल्प मानिएको हो ।

ठूला तथा मालबाहक सवारीका लागि भने उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको प्रजिअ नेपालले बताउनुभयो । तीव्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन गर्न कठिनाइ भएको उहाँको भनाइ छ ।

वर्षासँगै आएको पहिरो झरेपछि विगत १२ दिनदेखि इलाम जिल्ला छिमेकी झापासँग सडक सञ्जालबाट विच्छेद भएको थियो । रासस