२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको पुर्वतयारी, हाम्रो जिम्मेवारी



अ+ अ-

देवी प्याकुरेल । विपद बाजा बजाएर आउदैन भन्दा भन्दै संसार भरि बाजा बजाएर आएको विपदको सामाना हर मानवले हर किसिमले गर्नु परिरहेको छ । कोभिड १९ नामाकरण गरिएको कोरोना भाईरस रोग मानव जन्य विपद भित्र पर्दछ यसको कारण मानवजन्य,प्राकृतिक,वा दुवै पनि हुन सक्दछ यो अध्ययनको विषय नै हो । यो एउटा सरुवा रोग हो । ३१ डिसेम्बर २०२० देखि शुरु भएको भनिएको यो रोगले आजको मिति अप्रिल ३ सम्ममा ५० हजार बढी मानिसको ज्यान लिई सकेको छ । स्थानिय वुहान शहरबाट फाट फुट रुपमा देखा पर्दै महामारीको रुपबाट यो रोग विश्वव्यापी महामारीमा प्रवेश गरेर मानव जिवनकै ठुलो चुनौतीको रुपमा आफ्नै सामु आईसकेको यथार्थ भोग्दै छौ हामी । प्राकृतिक विपत्तिबाट मानविय क्षति हुने गर्दछ कुन बेला संख्या धेरै वा थोरै हुन सक्दछ जुन आंकलन गर्न कठिन हुन्छ तर प्राकृतिक विपदको रुप र असर फरक फरक स्थानमा फरक फरक हुन सक्दछ र यसको क्षति एवं न्युनिकरण तथा पुर्व तयारीले पनि जोखिम कम गर्न मद्धत गर्दछ ।

विपद व्यवस्थापन चक्रमा झै विपद पश्चातको चरण र विपद पुर्वको चरणमा हुने र गरिने पुर्व तयारी एवं गतिविधिहरुले धेरै भन्दा धेरै विपदको जोखिम न्युनिकरण गर्न सहज हुने गरेको छ विगतको अनुभव रहेको छ । विपद पश्चात प्रतिकार्य आन्र्तगतका गतिविधिहरु हुन्छन भने विपद पुर्व रोकथाम, न्युनिकरण र पुर्व तयारीका क्रियाकलापहरु पर्दछन । हामी राज्य पुर्न संरचनाको शुरुवातिको चरणमा छौ । स्थानिय स्तरमा निति, नियम,ऐन कानुन प्रयाप्त छैनन । सामान्य विकास निमार्णका कार्यहरुमा अभ्यस्त भईरहेको बखत अचानक आई पर्ने यस्ता विपदहरुले एउटा तौर तरिकालाई भंग गरेको अवस्था छ । हाम्रो जस्तो विकासशिल देशमा एक गाउँपालिका स्तरको स्वास्थ्य, विपद, खानेपानी तथा सरसफाई जस्ता आधारभुत विषयहरुको निती, योजना, रणनिती, निर्देशिका निमार्ण गर्न सहयोगी निकायसंगको समन्वय तथा सहयोग आवश्यक हुन्छ भने ठुला ठुला माहा विपत्ति आई परेको बेला सबै सरोकारवालाहरुको सहयोग तथा सहकार्यको अर्थ र महत्व धेरै हुन्छ ।

विश्वव्यापी माहामारीले २०६ देशका करिब ८ लाख ५० हजार भन्दा बढी व्यक्तिहरु प्रभावित भईसकेको वर्तमान अवस्थामा यसको निदान तर्फ विश्व स्वास्थ्य संगठन लगायतका विश्वका हिमायति निकायहरु र राष्ट्रहरु लागेका छन भने केहि मुलुकहरु यो महामारीबाट नराम्रो संग आक्रान्त भएका छन जुन ईतिहास भावी पिढीको लागि सोधको विषय नै बन्नेछ ।
चैत्रको पहिलो हप्ता सम्म हामीले यो महामारीको समाचार सुनेर दिन वितायौ, मृतकको संख्या गन्यौ, फोटो हेर्न थाल्यौ,साबुन पािनले हात धुनु पर्छ, मुखमा माक्स लगाउनु पर्छ भन्दै गर्दा, समाचार सुन्दै गर्दा हेर्दा हेर्दै दुई तिन दिनमै सबैको ओठ मुख सुक्ने अवस्था आयो हामी पनि यो माहामारीबाट अछुतो हुने त थिएनौ र भएनौ पनि । सरकारको एक निर्णय नै नेपालको लागि फलदायी भएको छ र हुनेछ पनि आशा गरौ । सबैले सहयोग गरौ । यो रोग अहिले कुन चरणमा छ, कसरी शुरु भयो यसको अन्त्य कहिले कसरी हुन्छ त्यो अहिले अनुमान गरेर लेख्नु भन्नु उपयुक्त समय होइन हामी जस्तो आम नागरिकको लागि भलै वहस, चिया गफ भने बनेकै छ । यो रोगको नालीवेली त वैज्ञानिक अध्ययन र अनुसन्धानले छिटै नै खोजी गर्ला र सार्वजनिक पनी हुनेछ नै होला ।

सामान्य अर्थमा रुघाखोकी, ज्वरो, निमोनिया लक्षण देखिएर श्वासप्रश्वास प्रणली तथा अंगहरुमा समस्या भई मानिसको मृत्यु हुने अवस्था हो कोरोना विषाणु जन्य रोग । संक्रमित व्यक्तिको थुक, खकार, सिंगान जस्ता माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । सबै कोरोना संक्रमितको मृत्यु भएको त छैन अहिले सम्म । शरिरको प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरुमा बढी प्रभाव पर्ने गरेको तथ्य आएता पनि सत प्रतिशत यो र त्यो हो होइन भन्न सक्ने अवस्थामा छैनौ र त्यस तर्फका सुचना जानकारीहरु समुदाय स्तरका लागि भन्दा पनि सरकारी निकायहरुको लागि बढी आवश्यक हुन सक्दछ ।
यो बेला धेरै हल्लाहरु,समाचारका अंशहरुको प्रभाव परेकै छ किनभने प्राय सबैको हात हातमा मोबाइल र ईन्टरनेट सेवा छ अझ यो बेला त यस किशिमको समाचार प्रति बढी चासो हुनु स्वाभावकि नै हो । बनको बाघले खाला नखाला मनको बाघले खान्छ भने झै भयो । तर उपयुक्त पुर्व तयारी गरे बनको बाघले पनि खान सक्दैन ।
कुनै पनि विपदको पुर्वतयारी के कस्तो गरिएको छ सोही अनुरुपको सम्भावित जोखिम कम हुने गर्दछ ।

कोभिड १९ को सन्दर्भममा पनि सरकारको पुर्वतयारी तथा प्रतिकार्य क्षमता सहरायिन रहेको छ । मानव जन्य प्रकोप भएको कारण मानवनै यसको मुल कारण भएकोले गर्दा हामीले अपनाउने उच्च सर्तकताले निश्चयनै केही सफलता हात परेकै हो भने केही हाम्रा परम्परागत संस्कृति, खान पिन तथा आनी बानीहरुले पनि हाम्रो प्रतिराधात्मक क्षमता मजबुत देखिन्छ तर यति नै काफी भने नहुन सक्दछ । सरकारी तथा गैह् सरकारी निकायहरुको घनिभुत संलग्नता विशेष गरेर संचेतना अभिवृद्धिको क्षेत्रमा जे जे भएका छन ति पुर्ण नभए पनि स्थानिय स्तरमा जन प्रतिनिधिहरु एवं स्थानिय निकायहरुले गरेका सबै खाले पुर्व तयारीका कार्यहरु प्रभावकारी नै छन । आफ्नो स्वच्छता तथा सरसफाई प्रतिको सामान्य ज्ञान तथा व्यवहारमा परिवर्तनले कोभिड १९ मात्र होईन सबै खाले महामारी तथा अन्य प्राकृतिक विपदहरुको सामाना गर्न सक्षम हुन सकिन्छ । अहिले हरेक स्थानिय तहमा स्थानिय सरकार छ र स्थानिय सरकारले पुर्ण जिम्मेवारीपुर्वक पुर्व तयारीका कार्यहरु गरिरहेका छन । स्थानिय स्तरमा क्वारेनटाईन निमार्ण, स्वास्थ्य सेवा प्रदान, विदेशबाट फर्किएका नागरिककहरुको प्रत्यक्ष निगानी तथा एकान्तबासको व्यवस्थापन, दैनिक आवत जावत लगायत सबै क्षेत्र बन्द भएको अवस्थामा विपन्न परिवारलाई राहत सहयोग जस्ता कार्यहरु भईरहेका छन । विभिन्न किशिमका पुर्व तयारी कोष स्थापना, व्यक्तिगत सुरक्षाका सामाग्रीहरु खरिद, वितरण जस्ता कार्यहरु समयमै भएकाले गर्दा हामी केहि हद सम्म सुरक्षित छौ भन्न सकिन्छ । आकस्मिक कोषको स्थापना हुनु राम्रो कार्य हो तर यासको उचित प्रयोग उचित समयमा उचित क्षेत्रमा हुनु पनि जरुरी छ । सबै जन प्रतिनिधिहरु, जिम्मेवार निकायहरुको लागि यो नै सहि वेला हो आम जनताले प्रत्यक्ष रुपमा लाभ लिने र जस दिने पनि ।

यस्तो विपत्तिको सम्मुखताको नजिक भएको अवस्थामा सरकारी सुरक्षा निकायहरु, स्वास्थ्यकर्मीहरु, आम नागरिक समाज, स्थानिय, प्रदेश तथा केन्द्र सरकारका जन प्रतिनिधिहरु, सबै सरकारी निकायहरु, सबै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरुले खेलेको भुमिका उच्च प्रंशसनिय छ र यो अझ प्रभावकारी रुपमा अघि बढाउनु आवश्यक रहेको छ । यो बेलामा कस्ले के के गरे, कहाँ कस्ले के गल्ति कमजोरी गरे भन्दा पनि सरकारले तयार गरेको एकद्धार प्रणाली,निति नियमहरुको पुर्णरुपमा परिपालना गर्नु नै एक जिम्मेबार नागरिकको मुल कर्तव्य हुन जान्छ ।यस्ता यावत विषयप्रति संचेत हुनु भने आवश्यक छ । वडा स्तर, गाउँपालिका, नगरपालिका, जिल्ला, प्रदेश, केन्द्र स्तरका विपद व्यवस्थानपन समितिहरुको सकृयता तथा उच्च कार्य सम्पादनले नै हामी विपदको सामाना गर्न सक्दछौ ।

हात न मिलाऔं, मन मिलाऔं ।
नमस्ते गरौ ।
साबुन पानीले हात धोऔं ।
आफुपनि बाचौ, अरुलाई पनि बचाऔं ।
जय भातृत्व जय मातृत्व ।
अस्तु ।