काठमाडौं। ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा आज नेपालले ओमानविरुद्ध खेल्दैछ ।
खेल नेपाली समय अनुसार राति ८ः४५ बजेदेखि शुरु हुदैछ ।
दुवै टिमको समान ६-६ अंक रहेको छ । आज ओमानलाई हराएमा नेपालको आगामी टी-२० विश्वकपमा चयन हुने छ भने उपाधिकै नजिक पुग्ने छ ।
सुपर सिक्समा नेपालले यूएईमाथि १ र कतारमाथि ५ रनको सनसनी जित पाएको थियो ।










