२५ असार २०८३, बिहीबार
,
Latest
टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः… देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली प्रतिनिधि सभामा सम्पती शुद्धीकरण र सार्वजनिक खरिद लगायतका चार विधेयक टेवल सरकारले साँच्चिकै संविधान संशोधन गर्न खोजेको भए संविधानका आधारभुत मूल्य–मान्यतामा प्रवेश नगर्ने निर्णय क्याबिनेटबाट गरोस्ः… पार्टी एकताका लागि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको हुँ, मन्त्री पदसँग कुनै सम्झौता भएको छैनः कविन्द्र… पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने आलेमगर पक्राउ राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई धान काट्ने चटारो



अ+ अ-

दाङ। लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार बेलुका ५ः०० बजे खेतमा धान काट्दै हुनुहुन्थ्यो । धान काट्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले भन्नुभयो, “अहिले मौसम खुलेको छ ।

धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै धान काट्न व्यस्त हुने गरेका छौँ ।” चौधरीले भन्नुभयो, “देउखुरी क्षेत्रमा अधिकांश ठाउँमा सिँचाइ सुविधा पुगेकाले समयमै धान रोपाइँ हुने र छिट्टै पाक्दा दसैँलगत्तै धान काट्न तथा काटेको धान सुकाएर दाइँ गर्न थालिसकेका छौँ ।”

दसैँअगाडि नै धान पाकेर पहेँलै भएकाले किसानले काट्न सुरु गरेका छन् । अहिले मौसम अनुकूल भएपछि भित्र्याउन सुरु गरेको उनीहरुको भनाइ छ । धान स्याहार्ने समयमा दाङसहित देशका विभिन्न ठाउँमा परेको अविरल वर्षाले पाकेको धानमा केही क्षति पुगेको किसान बताउँछन् ।

वर्षा भए पनि बाढी नआएकाले ठूलो नोक्सानी व्यहोर्नु नपरेको चौधरी बताउनुहन्छ । “अहिले त्यस्तै वर्षा भएमा ठूलो क्षति हुने डरले बिहानदेखि बेलुकासम्म धान काट्न व्यस्त छौँ”, उहाँले भन्नुभयो । सीतामात्र होइन अहिले देउखुरी क्षेत्रका अधिकांश किसान बिहानैदेखि बेलुकासम्म धान काट्न तथा बाली भित्र्याउन व्यस्त देखिन्छन् ।

तिहारको समय नजिकै आइरहँदा किसानलाई धान काट्न चटारो छ । उनीहरूले काटेको धान चाँडै भित्र्याउनका लागि खेतसँगैका सडक किनारामा सुकाउन थालेका छन् ।

यतिखेर दाङको देउखुरी क्षेत्रमात्र नभई सिँचाइ सुविधा पुगेका जिल्लाका अन्य क्षेत्रमा पनि बिहानैदेखि बेलुकासम्म किसान खेतमा धान काट्न व्यस्त देखिन्छन् । कतै काटेको धान थ्रेसरबाट दाइँ गर्न लागेका देखिन्छन् ।

बिहानैदेखि खेतमा धान काट्न आउने गरेको र बेलुका मात्र घर फर्कने गरेको लमही नगरपालिका–३ का ६० वर्षीया सावित्रा भण्डारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मौसम परिवर्तन भई पानी परेमा पाकेको धानमा क्षति हुन्छ । वर्षभरि खानपुग्ने खेती बिग्रिएमा कसरी परिवार पाल्ने भन्ने पिरलो लाग्छ । तिहारका लागि रोटी पकाउने, घर सरसफाइलगायतका सबै काम छाडेर सबै जना बिहानदेखि बेलुकासम्म खेतमै व्यस्त छौँ ।”

देउखुरीमा मात्र होइन, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, पश्चिम दाङका दङ्गीशरण, शान्तिनगर, बबई गाउँपालिकामा पनि धान पाकेर पहेँलै भएको छ । त्यहाँका किसानले पनि धान काटन सुरु गरिसकेका छन् । दङ्गीशरण गाउँपालिका–३ रावत गाउँका माइली चौधरी बिहानैदेखि धान काट्न सुरु गरेको बताउनुहुन्छ ।

तीन बिघा जमिन भाडामा लिएर धानखेती गरेको बताउने उहाँ पानी पर्छ कि भन्ने डरले बिहानैदेखि बेलुकासम्म खेतमै हुने गरेको बताउनुभयो । जिल्लामा ३७ हजार दुई सय २५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यहाँका किसानले यस वर्ष सावित्री, राधा–४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२ लगायतका वर्णशङ्कर जातका धान लगाएका थिए । यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२, सुक्खा–३ जातका धान लगाएका थिए ।




भर्खरै