१४ श्रावण २०८३, बिहीबार
,
Latest
देवानगञ्ज घटना निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्‌भावमा राख्न मधेसवादी दलको आव्हान स्केटिङको एसियाड तयारी थाइल्यान्डमा थप चार स्थानीय तहमा मालपोत सेवा विस्तार चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि शान्तिसुरक्षा कायम गर्न मुख्यमन्त्री यादवद्वारा अपिल शान्ति र सद्भाव कायम राख्न नेपाल चेम्बर अफ कमर्सको अपिल उर्जा मन्त्री श्रेष्ठ र कार्यवाहक प्रमुख डंगोल बिच भेट वार्ता सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख घिमिरेद्वारा हमासको अपहरणमा परी ज्यान गुमाएका जोशीप्रति शोक व्यक्त



अ+ अ-

काठमाडौँ। सभामुख देवराज घिमिरेले इजराइलमा अध्ययनरत रहँदा हमासको अपहरणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको निधनले मर्माहत बनाएको बताउनुभएको छ ।

आज शोक संवेदना प्रकट गर्दैै उहाँले जोशीको निधनको खबरले अत्यन्त दुःखी र मर्माहत बनाएको बताउनुभएको हो ।  “जोशीको निधनले केवल उहाँको परिवारलाई मात्र होइन, सम्पूर्ण नेपाली समाज र राष्ट्रलाई गहिरो पीडा दिएको छ ।

उहाँको जीवन रक्षाका लागि अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेख्दै विशेष पहल गरिदिन अनुरोध गरेको थिएँ । आफ्नो तर्फबाट  विभिन्न संसदीय फोरमसँगै कूटनीतिक पहल भए पनि परिणाम दुःखद् हुन गयो”, सभामुख घिमिरेले उल्लेख गर्नुभएको छ, “देशका लागि ज्ञान, सीप र अनुभव लिएर फर्कने सपना बोकेका युवाको असामयिक बिदाइ हृदयविदारक छ । म स्व जोशीको आत्माको चिरशान्तिको कामना गर्दै परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।”

उहाँले नेपाल सरकार, इजरायलस्थित नेपाली दूतावास र सम्बन्धित निकायहरूलाई आगामी दिनमा नेपाली नागरिकको सुरक्षामा अझ प्रभावकारी कदम चाल्ने विश्वाससमेत व्यक्त गर्नुभयो । रासस