६ पुष २०८२, आईतवार
,
Latest
सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक जेन–जी फ्रन्टद्वारा सल्लाहकार परिषद् गठन २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर म्यासेडोनियाको नाइटक्लबमा आगलागीः मृतक सङ्ख्या ६३ पुग्यो



अ+ अ-

बेइजिङ। उत्तर म्यासेडोनियाको कोचानीस्थित एक नाइटक्लबमा गत मार्चमा भएको आगलागीमा गम्भीर घाइते भएका एक सङ्गीतकर्मीको मङ्गलबार निधन भएपछि मृतक सङ्ख्या ६३ पुगेको छ ।

देशको अभियोजन कार्यालयका अनुसार, ४६ वर्षीय भ्लादिमिर ब्लाजेव–पान्चो स्कोप्जेस्थित अस्पतालमा सात महिनादेखि उपचाररत थिए ।

यो भीषण दुर्घटना मार्च १६ मा कोचानीमा आयोजना गरिएको हिप–हप कन्सर्टका क्रममा भएको थियो । क्लबमा भएको भीडभाड, सुरक्षा उपायको अभाव र कन्सर्टकै बीचमा प्रज्वलित आतिशबाजीका कारण आगलागी हुँदा भगदड मच्चिएको थियो ।

उक्त घटनामा करिब २०० जना घाइते भएका थिए भने आठ सङ्गीतकर्मी सहित दर्जनौँको ज्यान गएको थियो । घटनापछि गरिएको अनुसन्धानले क्लबले प्रायः कुनै पनि सुरक्षा मापदण्ड पालना नगरेको देखाएको छ । अभियोजन पक्षका अनुसार, क्लब सञ्चालकदेखि लिएर सरकारी अधिकारीहरू सम्मकै लापरवाहीले घटना भएको हो ।

यसै महिनाको सुरुमा अदालतले ३४ जना विरुद्ध अभियोग दर्ता गर्न अनुमति दिएको छ । अभियुक्तहरूमा एकजना सरकार मन्त्री, दुई पूर्वमन्त्री, क्लब सञ्चालक, भवन निरीक्षक तथा कोचानीका तीन जना पूर्व नगरप्रमुखसमेत रहेका छन् ।

अलग अनुसन्धान अन्तर्गत, भ्रष्टाचार र सङ्गठित अपराधसँग सम्बन्धित मुद्दामा धेरैजसो प्रहरी र अधिकारीहरू पनि घटनामा संलग्न रहेको आशङ्का गरिएको छ ।

पीडित परिवारका अनुसार, मृतक र घाइतेमध्ये अधिकांश १६ देखि २६ वर्ष उमेर समूहका थिए । उहाँहरूका अभिभावकहरू न्यायको माग गर्दै प्रत्येक सप्ताह शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका छन् ।(रासस/सिन्ह्वा)