१४ श्रावण २०८३, बिहीबार
,
Latest
देवानगञ्ज घटना निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्‌भावमा राख्न मधेसवादी दलको आव्हान स्केटिङको एसियाड तयारी थाइल्यान्डमा थप चार स्थानीय तहमा मालपोत सेवा विस्तार चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि शान्तिसुरक्षा कायम गर्न मुख्यमन्त्री यादवद्वारा अपिल शान्ति र सद्भाव कायम राख्न नेपाल चेम्बर अफ कमर्सको अपिल उर्जा मन्त्री श्रेष्ठ र कार्यवाहक प्रमुख डंगोल बिच भेट वार्ता सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर म्यासेडोनियाको नाइटक्लबमा आगलागीः मृतक सङ्ख्या ६३ पुग्यो



अ+ अ-

बेइजिङ। उत्तर म्यासेडोनियाको कोचानीस्थित एक नाइटक्लबमा गत मार्चमा भएको आगलागीमा गम्भीर घाइते भएका एक सङ्गीतकर्मीको मङ्गलबार निधन भएपछि मृतक सङ्ख्या ६३ पुगेको छ ।

देशको अभियोजन कार्यालयका अनुसार, ४६ वर्षीय भ्लादिमिर ब्लाजेव–पान्चो स्कोप्जेस्थित अस्पतालमा सात महिनादेखि उपचाररत थिए ।

यो भीषण दुर्घटना मार्च १६ मा कोचानीमा आयोजना गरिएको हिप–हप कन्सर्टका क्रममा भएको थियो । क्लबमा भएको भीडभाड, सुरक्षा उपायको अभाव र कन्सर्टकै बीचमा प्रज्वलित आतिशबाजीका कारण आगलागी हुँदा भगदड मच्चिएको थियो ।

उक्त घटनामा करिब २०० जना घाइते भएका थिए भने आठ सङ्गीतकर्मी सहित दर्जनौँको ज्यान गएको थियो । घटनापछि गरिएको अनुसन्धानले क्लबले प्रायः कुनै पनि सुरक्षा मापदण्ड पालना नगरेको देखाएको छ । अभियोजन पक्षका अनुसार, क्लब सञ्चालकदेखि लिएर सरकारी अधिकारीहरू सम्मकै लापरवाहीले घटना भएको हो ।

यसै महिनाको सुरुमा अदालतले ३४ जना विरुद्ध अभियोग दर्ता गर्न अनुमति दिएको छ । अभियुक्तहरूमा एकजना सरकार मन्त्री, दुई पूर्वमन्त्री, क्लब सञ्चालक, भवन निरीक्षक तथा कोचानीका तीन जना पूर्व नगरप्रमुखसमेत रहेका छन् ।

अलग अनुसन्धान अन्तर्गत, भ्रष्टाचार र सङ्गठित अपराधसँग सम्बन्धित मुद्दामा धेरैजसो प्रहरी र अधिकारीहरू पनि घटनामा संलग्न रहेको आशङ्का गरिएको छ ।

पीडित परिवारका अनुसार, मृतक र घाइतेमध्ये अधिकांश १६ देखि २६ वर्ष उमेर समूहका थिए । उहाँहरूका अभिभावकहरू न्यायको माग गर्दै प्रत्येक सप्ताह शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका छन् ।(रासस/सिन्ह्वा)