११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभामा सदस्य मनोनीत

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभामा  सदस्य मनोनीत
अ अ+ अ-

सुदूरपश्चिम। सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको पहिलो बैठकले विभिन्न क्षेत्रका विज्ञहरूलाई विश्वविद्यालय सभाको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ ।

विश्वविद्यलयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनको अध्यक्षता र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा आज काठमाडौँमा बसेको बैठकले उपकुलपतिमध्येबाट सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा हेमराज पन्तलाई विश्वविद्यालय सभाको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

  यसैगरी प्रा डा जयराज अवस्थी (दार्चुला), प्रा डा अम्मरराज जोशी (बझाङ), डा लवदेव अवस्थी (बैतडी), प्रा डा सङ्गीता राजभण्डारी (काठमाडौँ), डा डम्बरबहादुर पाल (दार्चुला) र सहप्राध्यापक अनुराधा रोकाया(कञ्चनपुर)लाई पनि विश्वविद्यालय सभाको सदस्यमा मनोनीत गरिएको छ ।

  बैठकले विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको नियुक्तिको लागि सिफारिस गर्न प्रा डा जयराज अवस्थीको संयोजकत्वमा प्रा डा दीपक महरा र प्रा डा भारती जोशी सदस्य रहेको  सिफारिस समिति गठन गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्रीका जनसम्पर्क तथा प्रेस सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो ।

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन २०८२ को परिच्छेद ४ मा प्रदेश सरकारका मुख्यमन्त्री विश्वविद्यालय सभाको सदस्य रहने व्यवस्था छ । यस्तै, स्वास्थ्य विज्ञानसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने अन्य विश्वविद्यालयका उपकुलपतिमध्येबाट एक जनालाई विश्वविद्यालय सभाको सदस्य मनोनीत गर्नुपर्ने व्यवस्था छ ।

यसैगरी विज्ञान प्रविधि, व्यवस्थापन, कानुन, शिक्षा, समाजशास्त्र, मानवशास्त्रका विज्ञमध्ये विश्वविद्यालय सभा सदस्यमा मनोनीत गर्नुपर्ने व्यवस्थासमेत ऐनमा छ । रासस