११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

बाढीले झापाको ५१२ हेक्टर कृषिबालीमा क्षति

बाढीले झापाको ५१२ हेक्टर कृषिबालीमा क्षति
अ अ+ अ-

झापा। यही असोज १८ देखि २० गतेसम्म भएको लगातारको वर्षापछि आएको बाढी र डुबानका कारण यहाँको ५१२ दशमलव ६३ हेक्टर क्षेत्रफलमा लगाइएको कृषिबालीमा क्षति पुगेको छ । उक्त क्षतिका कारण यहाँका ७४९ परिवार प्रभावित भएका छन् ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार भारीवर्षा र वर्षापछिको बढी र डुबानका कारण करिब रु सात करोड ६० लाख २८ हजार २२० बराबरको कृषिबालीमा क्षति भएको पुगेको हो । बाढीले सबैभन्दा बढी झापा गाउँपालिकाको वडा नं १, २ र ३ का ३६५ दशमलव २७ हेक्टर क्षेत्रफलमा लगाइएका धान, गहुँ र सागसब्जीमा क्षति गरेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी केन्द्रले सङ्कलन गरेको विवरणअनुसार गौरीगञ्ज गाउँपालिकाको वडा नं १ र २, शिवसताक्षी नगरपालिकाको वडा नं ३, ४, ५ र ७, भद्रपुर नगरपालिकाको वडा नं ३, गौरादह नगरपालिकाको वडा नं ५ र ६ तथा कनकाई नगरपालिकाको वडा नं १, ३, ५, ६ र ८ का क्षेत्रहरूमा बाढीका कारण कृषिबालीमा क्षति पुगेको छ ।

केन्द्रका प्रमुख विष्टका अनुसार बाढीले सबैभन्दा बढी धानखेतीमा असर पारेको छ। झापाका ७०३ कृषकले ४६३ दशमलव ४२ हेक्टर क्षेत्रफलमा लगाएका धानबाली क्षति पुगेको बताउँदै उहाँले क्षति पुगेका अन्य बालीहरूमा तरकारी, आलु, केरा, जुट, मास र भुइँकटहरलगायत रहेका उल्लेख गर्नुभयो ।

यसैबीच, बाढीबाट प्रभावित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहको समन्वयमा राहत वितरण सुरु गरिएको विष्टले जानकारी दिनुभयो । रासस