११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

पाल्पामा ‘कथिन चीवर दान’ उत्सव सम्पन्न

पाल्पामा ‘कथिन चीवर दान’ उत्सव सम्पन्न
अ अ+ अ-

पाल्पा। यहाँको तानसेनमा बौद्ध परम्पराअनुसार गरिने पवित्र ‘कथिन चीवर दान’ उत्सव सम्पन्न भएको छ ।

दाता ज्ञानमाला सङ्घ आनन्द विहारको आयोजनामा वर्षाबासमा बसेका एक जना भिक्षुसहित देशका विभिन्न स्थानबाट आएका ६० जना भिक्षुलाई कथिन चीवर दान गरी उत्सव मनाइएको हो ।

प्रत्येक वर्ष असार पूर्णिमादेखि असोज पूर्णिमा तीन महिना भिक्षुहरू वर्षाबास बस्ने परम्परा छ । यसरी वर्षाबास बसेका भिक्षुहरूका लागि कथिन चीवर दान गर्ने गरिन्छ । तानसेनका दाता विश्वमान बज्राचार्यको प्रमुख सहयोगमा कथिन दान उत्सवमा मनाइएको हो ।

तानसेनस्थित ज्ञानमाला सङ्घ आनन्द विहारमा बर्खाबास बसेका भिक्षु अनिरुद्रसहित अन्य भिक्षुहरूलाई बौद्ध परम्पराअनुसार चीवर दान, अष्ट परिस्कार दान गरिएको थियो ।

भिक्षुले लगाउने पहेँलो वस्त्र (चीवर) र भिक्षापात्रलाई चीवर दान भनिन्छ । अष्ट परिष्कारमा भिक्षुका लागि आवश्यक दाह्री–कपाल खौरने सामान, भित्री–बाहिरी कपडा, सियो–धागोलगायत आठ सामग्री हुन्छन् । अनुशासित र नियमपूर्वक तीन महिने वर्षाबास बस्ने भिक्षुलाई चीवर र भिक्षा पात्र प्रदान गरिन्छ ।

महोत्सवमा प्रमुख अतिथि अखिल नेपाल भिक्षु महासङ्घका पूर्वअध्यक्ष मैत्री महास्थवीरबाट दीप प्रज्वलनसँगै शिल प्रार्थना, भिक्षु धर्मपालबाट बुद्ध पूजा, भिक्षु गौदन्य महास्थवीरले धर्मदेशना गर्नुभएको थियो । धर्मदेशना गर्दै महास्थवीरले गौतम बुद्धको उपदेश र उहाँले अनुमति दिएको ‘कठिन चीवर दान’का विषयमा जानकारी गराउनुभएको थियो ।

पूर्वअध्यक्ष महास्थवीले कठिन उत्सव धार्मिक उत्सव भएकाले यसमा सहभागी हुँदा भिक्षुमा शिल समाधि र प्रज्ञाको विकास हुने, नागरिकमा दान, शिल र भावनाको विकास हुने जानकारी दिनुभयो । उहाँले एक वर्षमा एक दिन एकपटक मात्रै वर्षाबासमा बसेका भिक्षुलाई लगाउने वस्त्रसहितका सामग्री दिने परम्परा भएकाले यसलाई कठिन दान भनिएको उल्लेख गर्नुभयो ।

कार्यक्रमका संयोजक एवं आनन्द विहारका पूर्वअध्यक्ष उत्पलकुमार बज्राचार्यले तीन महिना एकै ठाउँमा नियमपूर्वक वर्षाबास बसेका भिक्षुलाई बसमापनको अवसरमा ‘कथिन चीवर दान’ दिने बौद्ध परम्परा रहेकाले सोहीअनुसार चीवर दान गरिएको बताउनुभयो । उहाँले विगतमा पनि आफूहरूले यस्ता कार्यक्रम गर्दै आएको उल्लेख गर्नुभयो ।

विहारका अध्यक्ष सञ्जयराज शाक्यले वर्षाबास बस्नाले बौद्ध धर्मको मेरुदण्ड विनय कर्म पालन गर्दा नजानेर भए/गरेका त्रुटि तथा कमीकमजोरीबाट पाप नलागी क्षमादान पाउने हुँदा भिक्षु–भिक्षुणी वर्षाबास बस्ने गरिएको बताउनुभयो । उहाँका अनुसार असार पूर्णिमादेखि असोज पूर्णिमासम्म तीन महिना भिक्षुहरू वर्षाबास बस्नुभएको हो ।

विहारका अध्यक्ष शाक्यका अनुसार लुम्बिनी, बुटवल, भैरहवा, पोखरा, धरान, थाइल्याण्ड, भारत, अछामबाट भिक्षुहरू वर्षाबासका लागि तानसेन आएका हुन् । दान गर्नुअघि भीमसेन टोलमा रहेको विहारबाट झाँकीसहित शान्ति पदयात्रा निकालिएको थियो ।

उक्त पदयात्रा  टुँडिखेल, तेस्रो सडक, शीतलपाटी, टक्सारटोल, नारायणस्थान हुँदै टुँडिखेलमा पुगेर महोत्सवमा परिणत भएको भिक्षु प्रियदर्शी महास्थवीरले बताउनुभयो । रासस