२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी फुत्कायो ओम्नीले ठेक्का



अ+ अ-

काठमाडौं । ‘दलका नेता र कर्मचारीलाई साइजमा राख्यो भने कुनै पनि काम गर्न गाह्रो छैन। उनीहरूलाई साइजमा राख्न जान्नुपर्छ।’ यस्तै अभिव्यक्ति दिन्थे, तुलबहादुर सिंह (हरि) । कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याउँदा उनै सिंह चरम विवादमा परे।

सिंह अध्यक्ष रहेको ओम्नी समूहले करोडौं हिनामिना गरी महँगोमा चीनबाट स्वास्थ्य सामग्री खरिद गरेको थियो। त्यसमा विवाद देखिएपछि प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा सरकारले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसल प्रालिसँगको खरिद सम्झौता खारेज ग¥यो। संकटका बेला त्यति ठूलो रकमको स्वास्थ्य सामग्री ल्याउने हिम्मत सिंह एक्लैले भने गरेका थिएनन्।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतको योजनामा सिंहले स्वास्थ्य सामग्री ल्याउने अवसर पाएका थिए। उपप्रधानमन्त्री पोखरेल, स्वास्थ्यमन्त्री ढकाल र सल्लाहकार रिमालसँग सिंहलाई निकट बनाउने काम झापाका युवराज शर्माले गरे।

शर्मा शैक्षिक व्यापारी हुन्। उनले लामो समयदेखि काठमाडौंमा शैक्षिक संस्था सञ्चालन गर्दै आएका छन्। त्यसबाट उँभो नलाग्ने देखेपछि शर्माले आफूलाई प्रधानमन्त्रीनिटक भएको देखाएर बिचौलियाका रूपमा काम गर्न थाले। उनकै कनेक्सनले चीनबाट स्वास्थ्य सामग्री ल्याउने काम ओम्नीले पाएको स्रोतले बताएको छ। यो समाशचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।