१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाले महिलाभन्दा बढी पुरुषको मृत्यु किन ?



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएको छ। यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ। त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन्। यस्तो किन ? आनीबानीका आधारमा यस्तो भएको विश्लेषण गरिएको छ। यो विश्लेषण केही हदसम्म तर्कसंगत पनि छ।

चुरोट बढी तान्ने, समयमै स्वास्थ सेवा लिन अनिच्छुक र तुलनात्मक रुपमा हात कम धुनेमा महिलाभन्दा पुरुष बढी भएकाले यस्तो तर्क गरिएको हो।

तर यहाँ एउटा वैज्ञानिक तथ्यलाई बिर्सिएको छ। त्यो हो– जीवनको निरन्तर अस्तित्वको हिसाबले महिलाभन्दा पुरुष कमजोर लिंग हो। यो जीवनको कालखण्डमा एकपटक मात्र आउने महामारीका बेलाको प्रसंग मात्र होइन। लैंगिक हिसाबमा अन्तर्न्हिित जैविक फाइदा जीवनको हरेक चरणमा हुन्छ।

उदाहरणका लागि पहिलो जन्मदिन मनाउने मौका केटालेभन्दा केटीले बढी पाउँछन्। एक सय वर्षभन्दा बढी उमेरका मानिसमा ८० प्रतिशत महिला छन् भने ११० वर्षभन्दा बढी उमेरकामा ९५ प्रतिशत महिला छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।