२५ असार २०८३, बिहीबार
,
Latest
महारानीथान-छाप-डाँडाखेत-ठूलोखोला सडक स्तरोन्नति लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ तीन सय आठ केजी गाँजा बरामद अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने महर्जन दक्षिण कोरिया प्रस्थान सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अङ्ग बेचबिखनमा संलग्न भएको आरोपमा दुईजना पक्राउ



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीले मानव अङ्ग बेचबिखनमा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज सर्वसाधारण मानिसहरूलाई ललाइफकाइ प्रलोभनमा पारी भारतमा लगेर उनीहरुको मिर्गौलाको अवैध बिक्री गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–१६ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने ३४ वर्षीय मोतिलाल तामाङ र सुनसरीको इटहरी नगरपालिका बस्ने ४७ वर्षीय नारायण वन रहेको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहल पठाइएको प्रवक्ता भट्टराईले बताउनुभयो । रासस