२४ कार्तिक २०८२, सोमबार
,
Latest
हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ ‘जेनजी’ आन्दोलनमा गण्डकीमा पाँच अर्बको क्षति सर्वोच्चद्वारा निकोलस भुसाललाई छाड्न अस्वीकार, छानबिन छिटो सक्न निर्देशन दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोध अन्तरिम सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न अध्यक्ष ओलीको चेतावनी भदौ २३ र २४ गतेको आन्दोलन क्रान्ति होइनः ओली अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर जेन–जी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन नगर्नु गल्ती भयोः ओली सबै दलहरुले मिलेर मुलुकलाई निकास दिनुपर्छः प्रकाशमान सिंह काँग्रेसलाई पूर्वराष्ट्रपति यादवको आग्रहः तत्काल निर्वाचनमा जाने निर्णय गरियोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिकोमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो, ६५ जना बेपत्ता



अ+ अ-

मेक्सिको सिटी। मेक्सिकोको मध्य र पूर्वी क्षेत्रमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६४ पुगेको छ भने अन्य ६५ जना अझै हराइरहेका छन् ।

मेक्सिकोको नागरिक सुरक्षा अधिकारीहरूका प्रमुख लौरा वेलाज्क्वेजले बाढीले प्रायः भेराक्रुज, हिडाल्गो र पुएब्ला राज्यमा बाणी क्षति पुर्याएको बताउनुभयो ।

मृत्यु हुनेको सङ्ख्या १२ घण्टाअघिको सङ्ख्याभन्दा १७ प्रतिशतले वृद्धि भएको र यसले प्रकोपको अझै पनि बढ्दो परिमाणलाई सङ्केत गर्दछ।

बाढीले पूरै गाउँमा नदीहरू पसेकोे, ठाउठाउमा साना ठूला पहिरो निम्त्याएको र सडक तथा पुलहरू बगाएको छ। राष्ट्रपति क्लाउडिया शेनबामले उद्धार प्रयासमा सहयोगका लागि हजारौं सैनिकका साथै डुङ्गा, विमान र हेलिकप्टर परिचालन गरिएको बताउनुभएको छ।

उहाँले भन्नुभयो, “प्रभावित क्षेत्रमा १० हजारभन्दा बढी सैनिकहरू तैनाथ हुनेछन् सेनाले उद्धार उपकरण र सवारी साधनहरूको सहयोगमा प्रभावित क्षेत्रमा सहायता वितरण गर्न मद्दत गर्नेछ।

घरबाट विस्थापित भएकाहरूका लागि दर्जनौँ आश्रयस्थलमा राखिएको छ । मेक्सिकोमा सन् २०२५ भरि विशेष गरी भारी वर्षा भएको छ भने राजधानी मेक्सिको सिटीमा वर्षाको उच्च रेकर्ड कायम भएको छ। (रासस/एएफपी)