१४ श्रावण २०८३, बिहीबार
,
Latest
सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ देशवासीका नाममा सम्बोधन गर्ने काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड देवानगञ्ज घटनाप्रति एमाले अध्यक्ष ओलीको चिन्ता, संयम र संवादमार्फत समाधान खोज्न आग्रह वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा, भेला–जुलुस र प्रदर्शनमा रोक सुनसरी जाँदै गृहमन्त्री गुरुङ, झडपमा ज्यान गुमाएका मेहता परिवारसँग भेट्ने मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिकोमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो, ६५ जना बेपत्ता



अ+ अ-

मेक्सिको सिटी। मेक्सिकोको मध्य र पूर्वी क्षेत्रमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६४ पुगेको छ भने अन्य ६५ जना अझै हराइरहेका छन् ।

मेक्सिकोको नागरिक सुरक्षा अधिकारीहरूका प्रमुख लौरा वेलाज्क्वेजले बाढीले प्रायः भेराक्रुज, हिडाल्गो र पुएब्ला राज्यमा बाणी क्षति पुर्याएको बताउनुभयो ।

मृत्यु हुनेको सङ्ख्या १२ घण्टाअघिको सङ्ख्याभन्दा १७ प्रतिशतले वृद्धि भएको र यसले प्रकोपको अझै पनि बढ्दो परिमाणलाई सङ्केत गर्दछ।

बाढीले पूरै गाउँमा नदीहरू पसेकोे, ठाउठाउमा साना ठूला पहिरो निम्त्याएको र सडक तथा पुलहरू बगाएको छ। राष्ट्रपति क्लाउडिया शेनबामले उद्धार प्रयासमा सहयोगका लागि हजारौं सैनिकका साथै डुङ्गा, विमान र हेलिकप्टर परिचालन गरिएको बताउनुभएको छ।

उहाँले भन्नुभयो, “प्रभावित क्षेत्रमा १० हजारभन्दा बढी सैनिकहरू तैनाथ हुनेछन् सेनाले उद्धार उपकरण र सवारी साधनहरूको सहयोगमा प्रभावित क्षेत्रमा सहायता वितरण गर्न मद्दत गर्नेछ।

घरबाट विस्थापित भएकाहरूका लागि दर्जनौँ आश्रयस्थलमा राखिएको छ । मेक्सिकोमा सन् २०२५ भरि विशेष गरी भारी वर्षा भएको छ भने राजधानी मेक्सिको सिटीमा वर्षाको उच्च रेकर्ड कायम भएको छ। (रासस/एएफपी)




भर्खरै