२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जमा फोहर प्रशोधन प्लान्ट निर्माण गरिने



अ+ अ-

पर्सा। वीरगञ्ज महानगरको फोहर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा फोहर प्रशोधन प्लान्ट निर्माण गरिने भएको छ ।

फोहरमैलाको दिगो र वातावरणमैत्री व्यवस्थापनका लागि फोहर प्रशोधन केन्द्र बनाउन लागिएको हो । प्लान्ट निर्माणका लागि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, सूर्य नेपालका उद्योग प्रमुख सुरेश काजी श्रेष्ठ र जिरो वेस्ट इनिसिएटिभ नेपालका प्रतिनिधिबीच आज यहाँ त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले वीरगञ्ज महानगरलाई फोहरमैलामुक्त र हरित सहर बनाउन यो सम्झौताले अर्थ राख्ने बताउनुभयो । “यो परियोजनाले प्लास्टिकजन्य फोहर व्यवस्थापनमा नयाँ युगको सुरुआत गर्नेछ”, उहाँले भन्नुभयो, “अब फोहरलाई समस्या होइन, स्रोतका रूपमा उपयोग गर्ने दिशामा महानगर अघि बढ्दैछ ।”

प्रमुख सिंहले डम्पिङ साइटमा निर्माण हुन लागेको नयाँ फोहर प्रशोधन प्लान्टले सहरभरिबाट सङ्कलित फोहरबाट प्लास्टिक छुट्याएर पुनःप्रयोगमा ल्याउने र जैविक फोहरबाट मल उत्पादन गर्न सघाउ पुग्ने दाबी गर्नुभयो ।

सूर्य नेपालका उद्योग प्रमुख सुरेश काजी महर्जनले वीरगञ्जलाई स्वच्छ र हरितयुक्त सहर बनाउन सो योजनाले सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

“यो परियोजना सम्पन्न भएपछि वीरगञ्ज ‘फोहरमुक्त, स्वच्छ र हरित सहर’ बन्ने दिशामा ठोस र दीर्घकालीन कदम अघि बढ्नेछ”, उहाँले भन्नुभयो, “हाम्रो उद्योगले सामाजिक उत्तरदायित्वअन्तर्गत यो लगानी गरेको हो । नाफामुखी व्यापारसँगै हामी समाज र वातावरण दुवैप्रति उत्तरदायी रहन चाहन्छौँ ।”

सम्झौताअनुसार, महानगरको फोहर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा पूर्ण रूपमा निजी लगानीमा फोहर प्रशोधन प्लान्ट निर्माण गरिनेछ । निर्माण सम्पन्न भएपछि उक्त प्लान्ट वीरगञ्ज महानगरलाई हस्तान्तरण गरिनेछ । रासस