१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरियो तरकारीको अभाव



अ+ अ-

कोहलपुर । लकडाउनका कारण कर्णालीका बजारमा हरियो तरकारी पाउन छाडेको छ । स्वास्थ्यका दृष्टिकोणले हरियो तरकारी आवश्यक पर्दछ तर यस्तो अवस्थामा त्यस्ता तरकारी खोज्ने अवस्था पनि छैन । घरमै खेती गरेकाहरूले भने जेनतेन हरियो तरकारी खान पाइरहेका छन् ।

तरकारी आउँदैन

हुम्ला समाचारदाता राजन रावतले अधिकांश बासिन्दाले तरकारी खान छाडेको समाचार पठाउनुभएको छ । हवाई यातायातबाट नेपालगन्ज र सुर्खेतबाट भित्रिने तरकारी आउन छाडेको छ भने स्थानीय बजारमा तरकारी नपाउँदा हुम्लावासीले तरकारी खान छोडेका छन् ।

तरकारी हारालुछ

जाजरकोट समाचारदाता सहदेव बस्नेतका अनुसार लकडाउन भएसँगै जाजरकोट बजारमा हरियो तरकारीको अभाव भएको छ । किसानले उत्पादन गरेका तरकारी बजारसम्म लैजान नपाए पनि गाउँघरमै बिक्री गर्ने गरेका छन् ।

काम चलाइँदै छ

जुम्ला समाचारदाता नेत्र शाहीले स्थानीय बासिन्दाले आफ्नै बारीको हरियो तरकारीको उत्पादनमा जोड दिन थालेको रिपोर्टिङ गरेका छन् । डोकोमा तरकारी ल्याउने किसानहरू अहिले मर्कामा परेका छन् । अहिले जौ र गहुँसँगै हुने सुवाले नामक सागबाट काम चलाउने गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।