१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिकी गुजार्न नसकेपछि माटोको विकल्प खोज्दै कुम्हाल समुदाय



अ+ अ-

काठमाडौँ । चाडबाडका बेलामा कुम्हाले समुदायलाई माटोका भाँडा बनाउन भ्याइनभ्याई हुन्छ । तर अरु बेला भने उनीहरूले काम नै पाउँदैनन् । माटोका भाँडाको बजार अरु बेलाभन्दा चाडपर्वका बेलामा राम्रो हुन्छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २२ बसहियाका ७० वर्षीय उपेन्द्र पण्डित लक्ष्मीपूजा र आस्थाको पर्व छठका लागि माटाको भाँडाकुँडा बनाउनदेखि बेच्नमा व्यस्त हुनुहुन्छ । चाडबाडका समयमा माटोका भाँडाकुँडाको कारोबार राम्रो हुने भएकाले कुम्हाल समुदायका व्यक्तिहरुको व्यस्तता बढेको छ । तर माटोको भाँडो बनाउने पेशा लोप हनुका साथै विद्युतीय बल्वले माटोका दियोको स्थान लिन थालेपछि उपेन्द्रलाई चिन्ता लागेको छ ।

दीपावली, छठ लगायतका पर्वमा माटोको दियो, हाथी, ढकना, सर्वा लगायतका सामग्रीको माग बढ्छ । तर कुम्हाल समुदाय भने मेहनतअनुसारको मूल्य नपाएको गुनासो गर्छन् । कुम्हाल पेशामै लागेर घर परिवार चलाउन भने समस्या हुँदै आइरहेको गुनासो गर्छन् ।

आफ्नो पुख्र्यौली पेशालाई जोगाउँदै माटोबाट निर्माण हुने कलात्मक सामग्रीहरु बनाउँदै आएका कुम्हालहरु माटोबाट बनेका सामग्रीहरु बेचेर घरपरिवार चलाउन नपुगेपछि नभएपछि विकल्प खोज्न थालेका छन् । चाडबाडको समयमा माटाका भाँडाकुँडा राम्रै विक्री हुन्छ तर अन्य समयमा बजार नै नपाउने भएकाले कुम्हाल जातीका युवा पुस्ता भने यो पेशामा लाग्न रुचाउँदैनन् । कुम्हाल जातीलाई चाडबाडमा समेत बढ्दै गरेको आधुनिकताले प्रभावित पारेको छ । विद्युत्तीय बत्ति, बल्ब, झिलीमिलीको अत्याधिक प्रयोगले पनि माटोबाट बनेका दियोहरुको माग पहिलेभन्दा कमी आएको छ ।