२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिकी गुजार्न नसकेपछि माटोको विकल्प खोज्दै कुम्हाल समुदाय



अ+ अ-

काठमाडौँ । चाडबाडका बेलामा कुम्हाले समुदायलाई माटोका भाँडा बनाउन भ्याइनभ्याई हुन्छ । तर अरु बेला भने उनीहरूले काम नै पाउँदैनन् । माटोका भाँडाको बजार अरु बेलाभन्दा चाडपर्वका बेलामा राम्रो हुन्छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २२ बसहियाका ७० वर्षीय उपेन्द्र पण्डित लक्ष्मीपूजा र आस्थाको पर्व छठका लागि माटाको भाँडाकुँडा बनाउनदेखि बेच्नमा व्यस्त हुनुहुन्छ । चाडबाडका समयमा माटोका भाँडाकुँडाको कारोबार राम्रो हुने भएकाले कुम्हाल समुदायका व्यक्तिहरुको व्यस्तता बढेको छ । तर माटोको भाँडो बनाउने पेशा लोप हनुका साथै विद्युतीय बल्वले माटोका दियोको स्थान लिन थालेपछि उपेन्द्रलाई चिन्ता लागेको छ ।

दीपावली, छठ लगायतका पर्वमा माटोको दियो, हाथी, ढकना, सर्वा लगायतका सामग्रीको माग बढ्छ । तर कुम्हाल समुदाय भने मेहनतअनुसारको मूल्य नपाएको गुनासो गर्छन् । कुम्हाल पेशामै लागेर घर परिवार चलाउन भने समस्या हुँदै आइरहेको गुनासो गर्छन् ।

आफ्नो पुख्र्यौली पेशालाई जोगाउँदै माटोबाट निर्माण हुने कलात्मक सामग्रीहरु बनाउँदै आएका कुम्हालहरु माटोबाट बनेका सामग्रीहरु बेचेर घरपरिवार चलाउन नपुगेपछि नभएपछि विकल्प खोज्न थालेका छन् । चाडबाडको समयमा माटाका भाँडाकुँडा राम्रै विक्री हुन्छ तर अन्य समयमा बजार नै नपाउने भएकाले कुम्हाल जातीका युवा पुस्ता भने यो पेशामा लाग्न रुचाउँदैनन् । कुम्हाल जातीलाई चाडबाडमा समेत बढ्दै गरेको आधुनिकताले प्रभावित पारेको छ । विद्युत्तीय बत्ति, बल्ब, झिलीमिलीको अत्याधिक प्रयोगले पनि माटोबाट बनेका दियोहरुको माग पहिलेभन्दा कमी आएको छ ।