२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइकलबाटै वारपार गर्न मिल्ने गरी आकाशेपुल निर्माण सुरु 



अ+ अ-

ललितपुर। ललितपुर महानगरपालिकाको सुन्दरीघाट मार्गबाट चक्रपथमा साइकलबाटै वारपार गर्न मिल्ने आकाशेपुल निर्माण हुने भएको छ ।

महानगर प्रमुख चिरीबाबु महर्जनले वडा नं ३ र ४ धोबिघाट चोकको रिङरोड सडकमा निर्माण गरिने ३६ दशमलव ६१ मिटर लामो साइकलमैत्री एवम् अपाङ्गतामैत्री आकाशेपुलको आज शिलान्यास गर्नुभयो ।

त्यस क्रममा उहाँले सडकको दुवैतर्फबाट साइकलमा सडक वारपार गर्न मिल्नेगरी आकाशेपुल निर्माण गरिने जानकारी गराउनुभयो । “समयमै गुणस्तरीय काम हुने विश्वास छ, यस क्रममा सरकार र महानगरका तर्फबाट  कुनै पनि तहबाट बाधा–व्यवधान हुँदैन । निर्माण व्यवसायी, परामर्शदाताहरूबाट पनि यो काममा कुनै विलम्ब नहोस्,” महानगर प्रमुख महर्जनले भन्नुभयो,“सम्भवतः यो नेपालमै पहिलो काम हुन्छ । यसलाई समयमै निर्माण गरी ठेकेदारप्रति रहेको नकारात्मक धारणा पनि परिवर्तन गर्न लागौँ ।”

महानगरको रु पाँच करोड चार लाख ४८ हजार ४२६ को लागतमा निर्माण हुने पुल एक वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ । लामा प्रगति–मनि बुद्ध जेभी, काभ्रेपलाञ्चोकले निर्माणको ठेक्का लिएको छ । गत असार २२ गते सम्झौता गरी १२ महिनाभित्र काम सम्पन्न गर्नेगरी सम्झौता भएको महानगरका सिडिई प्रदीप पौडेलले जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा वडा नं ४ का अध्यक्ष सन्तोष केसी, वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जनलगायतले आफ्नो धारणा राख्नुभएको थियो । रासस