२४ कार्तिक २०८२, सोमबार
,
Latest
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोध अन्तरिम सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न अध्यक्ष ओलीको चेतावनी भदौ २३ र २४ गतेको आन्दोलन क्रान्ति होइनः ओली अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर जेन–जी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन नगर्नु गल्ती भयोः ओली सबै दलहरुले मिलेर मुलुकलाई निकास दिनुपर्छः प्रकाशमान सिंह काँग्रेसलाई पूर्वराष्ट्रपति यादवको आग्रहः तत्काल निर्वाचनमा जाने निर्णय गरियोस् जेनजी आन्दोलनमा रोटी सेक्नेहरु एमालेका विरुद्धमा छन्ः नेतृ झाँक्री हामीले पार्टीमा पुर्याएको क्षतिलाई पूरा गर्नेगरी पिठ्युँ थापेर लाग्नेछौँः रामकुमारी झाँक्री २० प्रतिशत भन्दा कम मत पाए सरकारमा जाँदैनौँः वीरेन्द्रबहादुर बस्नेत
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषाका छ पालिकाका कर्मचारी र शिक्षकले तलब पाएनन



अ+ अ-

जनकपुरधाम। धनुषा जिल्लाका १८ पालिकामध्ये ६ पालिकाका कर्मचारी तथा शिक्षकले तलबलगायत सुविधा पाएका छैनन् ।

यी पालिकामा नगरसभा नभएकाले कर्मचारीले चाडपर्वको समयमा पनि तलब भत्ता पाउनबाट वञ्चित भएका हुन् ।  जिल्लाको मिथिला, क्षीरेश्वरनाथ, कमला र हंसपुर नगरपालिका तथा औरही गाउँपालिकाको सभा बस्न सकेको छैन ।

पालिकामा जनप्रतिनिधिहरूका बीचमा योजनाको विषयमा विवाद रहेका कारणले सभा हुन नसकेको जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले जानकारी दिनुभयो ।

अन्य पालिकामा समेत विवाद रहेकामा समन्वय समितिको पहिलपछि सभा भएका र छ पालिकामा भने विभिन्न चरणमा छलफल भए पनि नियमित वार्षिक अधिवेशन हुन नसकेको उहाँले बताउनुभयो ।

“यहाँका अधिकांश पालिकामा कुनै एक दलको बहुमत छैन । त्यसैले हरेक वर्ष योजना बाँडफाँड तथा सञ्चालनका लागि आर्थिक स्रोतको बाँडफाँडमा विवाद हुने गरेको छ ।

स्थानीय शासन ऐनअनुसार पालिकाको परिषद्ले बजेट पास नगरेसम्म तलब भत्तासहितको कुनै पनि शीर्षकमा रकम खर्च गर्न नपाउने कानुनी प्रावधान रहेको छ । त्यसैले कर्मचारीले सेवा सुविधा पाउन सकेका छैनन्”, समन्वय समिति प्रमुख मण्डलले भन्नुभयो ।