१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनमा ढुवानी सहजीकरण : कोलकाता र हल्दिया बन्दरगाहमा जरीवाना मिनाहा



अ+ अ-

वीरगञ्ज । कोभिड–१९ बाट ढुवानीमा देखिएको गतिरोध समाधानका निम्ति भारतको कोलकाता र हल्दिया बन्दरगाहले कन्टेनर र बल्क कार्गोमा लाग्ने जरीवाना मिनाहा गर्ने भएका छन् ।

नेपालको तेस्रो मुलुकसँगको व्यापारमा अधिक चल्तीमा रहेको कोलकाता बन्दरगाहले गत मार्च २२ देखि अप्रिल १४ सम्म आएका कार्गोमा यो अवधिमा निःशुल्क समय गणना नहुने बताएको हो ।

पोर्टले सूचना निकालेर यो अवधिमा बन्दरगाहमा अनलोड भएका कार्गोलाई यस्तो सहुलियत घोषणा गरेको हो । बन्दरगाहले रेलमार्फत ढुवानी हुने कार्गोलाई २० र सडकमार्गमा १० दिन निःशुल्क समय दिन्छ ।

बन्दरगाहमा अनलोड भएको कार्गो यो समयभन्दा बढी बन्दरगाहमा राख्नुपरेमा जरीवाना तिर्नुपर्छ । बन्दरगाहको सूचनाअनुसार २२ मार्चदेखि १४ अप्रिलसम्म यो निःशुल्क समय गणना हुँदैन । रेल र सडक दुवै मार्गबाट हुने ढुवानीमा यो सहुलियत दिइनेछ ।, समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।