१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनमा सकिए नाकाबन्दीका इन्डक्सन



अ+ अ-

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीका लागि राखेका इन्डक्सन चुलो सकिएका छन् । २०७२ मा भारतले लगाएको नाकाबन्दी ताका चीन सरकारले नेपाल सरकारलाई अनुदानस्वरूप दिएका झन्डै १२ हजार थान इन्डक्सन चुलो कोभिड–१९ का कारण बन्दाबन्दीमा मात्र सकिएका हुन् ।

कम्पनीले सूचना जारी गर्दै इन्डक्सन चुलो सकिएको जानकारी गराएको छ । बन्दाबन्दीका कारण खाना पकाउने ग्यासको विकल्पमा आमउपभोक्ताको आकर्षण इन्डक्सन चुलोतिर बढेको थियो । कम्पनीले उपत्यकामा सञ्चालन गरेका विभिन्न पाँचवटा बिक्री केन्द्र काठमाडौँको रामशाहपथ, थापाथली, ललितपुरको लखनखेलस्थित प्रयाग पोखरी, भैँसेपाटीस्थित नख्खुचोक, भक्तपुरको सूर्य्विनायकबाट दैनिक पाँच सय इन्डक्सन चुलो बेचेको थियो ।

कम्पनीले थप इन्डसक्न चुलो ल्याउने योजना छ तर त्यसका लागि समय भने लाग्ने सो कम्पनीका प्रमुख नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनले यही मूल्यको र गुणस्तरको इन्डक्सन चुलो ल्याउन छलफल भइरहेको र मन्त्रालयका सचिव पनि सकारात्मक रहेको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।