२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी

मर्दी हिमालमा ‘समर स्की’ महोत्सव हुने

मर्दी हिमालमा ‘समर स्की’ महोत्सव हुने
अ अ+ अ-

गण्डकी । पछिल्लो समय लोकप्रिय गन्तव्यका रुपमा विकसित हुँदै गइरहेको मर्दी हिमालमा ‘समर स्की’ महोत्सव हुने भएको छ । दिगो हिमालयन कोषको आयोजनामा मर्दी हिमालको आधार शिविरमा महोत्सव हुने भएको हो । 

आयोजक संस्थाका सदस्य प्रभात अधिकारीका अनुसार आठौँ चरणको महोत्सव यही फेब्रुवरी १० देखि १८ ९माघ २७ देखि फागुन ३० सम्म गर्ने तयारी भइरहेको छ । नेपालमा स्की पर्यटनको विकास गर्ने मुख्य लक्ष्यका साथ महोत्सव गर्न लागिएको जनाउँदै उहाँले महोत्सवलाई ग्रेट हिमालयन स्की भ्रमण नाम दिइएको बताउनुभयो । 

महोत्सव सम्पन्न गर्न रु १६ लाख खर्च लाग्ने अनुमान गरिएएको छ । उक्त खर्चअन्तर्गत सबैभन्दा बढी बिमामा छु्याइएको छ । महोत्सवमा भाग लिनेको बिमाका लागिमात्र रु दुई लाख २० हजार विनियोजन गरिएको अधिकारीले जानकारी दिनुभयो । 

आयोजक संस्थाका अध्यक्ष रामबहादुर थापाका अनुसार मर्दीमा गर्न लागेको स्की महोत्सव यसअघि मनास्लु, कालिञ्चोकलगायत स्थानमा सम्पन्न गरिएको थियो । अन्तर्राष्ट्रिय स्की प्रशिक्षक कृष्ण थापामगरको प्रशिक्षण तथा सहजीकरणमा यो महोत्सव हुन लागेको स्थानीय व्यवस्थापक सुदीप गौतमले जानकारी दिनुभयो । 

यो महोत्सवले मर्दी हिमाल पदयात्राका लागि प्रचारप्रसारमा सहयोग पुग्ने उहाँको भनाइ छ ।  महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (सङ्घ), गण्डकी प्रदेशको उद्योग, पर्यटन मन्त्रालय, नेपाल पर्वतारोहण सङ्घ, टान, गण्डकी अल्पाइन क्लबलगायत विभिन्न संस्थाको सहकार्य रहनेछ ।
   
महोत्सवअन्तर्गत पदयात्रा, आधारभूत स्की तथा स्नोबोर्ड तालिम, जीवनरक्षा तालिम, स्थानीय समुदायसँग अन्तक्र्रिया तथा स्कीसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिने भएको छ । संस्थाले ६ पटकसम्म लाङ्टाङ क्षेत्रमा स्कीसम्बन्धी तालिम गराइसकेको छ । 

यसैगरी धौलागिरि हिमालमा डाउनहिल स्की अभियान, अन्नपूर्ण आधार शिविर, याला हिमाल मनास्लु, थोराङ भञ्ज्याङ, फ्रान्सको व्यालेन्स हिमाल, गोसाइँकुण्ड, मिरा हिमाल, मुक्तिनाथ क्षेत्र मनाङलगायत स्थानमा स्की पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको छ । 

महोत्सवमा सबै क्षेत्रका मानिसले भाग लिन पाउने जनाइएको छ तर आयोजकले भने, पथप्रदर्शक, हिमाल आरोहण गाइड तथा पर्यटन क्षेत्रमा काम गरिरहेकाको सहभागितामा जोड दिएको छ । महोत्सवमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ३०० बढी व्यक्ति लाभान्वित हुने विश्वास गरिएको छ । 

नेपालको आन्तरिक पर्यटनको प्रवद्र्धन हुने, नेपालको पर्यटनमा नयाँ क्रियाकलाप थपिने, स्कीसम्बन्धी सीप हस्तान्तरण हुने, नेपालको पर्यटन सबै मौसमका लागि भन्ने नारा स्थापित हुने स्थानीय व्यवस्थापक गौतमले विश्वास व्यक्त गर्नुभयो । 

नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले मर्दी हिमालमा हुने स्की महोत्सवले कोरोनाकालमा थलिएको पर्यटनलाई चलायमान बनाउने विश्वास व्यक्त गर्दै  महोत्सवमा सहकार्य गर्न पाउनु नेपालको पर्वतारोहण पर्यटनमा नयाँ आयाम थपिने विश्वास लिइएको बताउनुभयो । रासस