४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

दिक्तेल–दुम्ली सडक नियमित सञ्चालनमा ल्याउन श्रमदान अभियान

दिक्तेल–दुम्ली सडक नियमित सञ्चालनमा ल्याउन श्रमदान अभियान
अ+ अ-

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित आचार्यगाउँका स्थानीयले सडक मर्मत गर्न जनश्रमदान अभियान सुरु गरेका छन् ।

दिक्तेल–दुम्ली–रतन्छा खण्डमा पर्ने करिब नौ दशमलव पाँच किलोमिटर सडक मर्मत गरेर बाह्रैमहिना यातायात सञ्चालन गर्ने उद्देश्यले स्थानीयले जनश्रमदान अभियान सुरु गरेका हुन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित आचार्यगाउँको बसपार्कबाट मेवाखोलासम्मको सडक जनश्रमदानमार्फत मर्मत गर्नका लागि स्थानीय मदन आचार्यको संयोजनमा दैनिक ६० जना स्थानीय सहभागी हुँदै आएका छन् । दैनिक बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म करिब हप्ता दिनसम्म सञ्चालन हुने यस जनश्रमदान अभियानका क्रममा सडकका खाल्डाखुल्डी पुर्ने, ढुङ्गा हाल्ने, सडक सम्याउनेलगायत काम भइरहेको अभियानका संयोजक आचार्यले बताउनुभयो ।

दिक्तेलस्थित आचार्यगाउँको बसपार्कमा आज औपचारिक कार्यक्रम गरेर सुरुवात गरिएको जनश्रमदान अभियानमा वृद्धवृद्धादेखि युवासम्म तथा महिला र केटाकेटी सबै उमेर समूहका स्थानीय स्वतःस्फूर्त रूपमा जुटेका छन् । अवरुद्ध सडक मर्मतका लागि नगरपालिकासँग पटकपटक अनुरोध गर्दा पनि काम नभएपछि स्थानीयले आफैँं जुटेर जनश्रमदान अभियान थालेका हुन् ।

अवरुद्ध सडक मर्मतपछि बिरामी बोक्ने एम्बुलेन्स सहजै सञ्चालन हुने, बेँसीबाट धान, पराल, दाउरा ल्याउन सजिलो हुने र चाडपर्वका समयमा आवागमन हुने अपेक्षा गरिएको स्थानीय टङ्कप्रसाद आचार्यले बताउनुभयो । “हिउँद लागेसँगै बेँसीबाट धान र दाउरा ल्याउन आवश्यक पर्दछ । बाटो नराम्रो हुँदा हिँड्न पनि कठिन छ । त्यसैले अहिलेको श्रमदान हाम्रो बाध्यता हो”, उहाले भन्नुभयो, “सडक स्तरोन्नतिका लागि नगरपालिकाले रु १५ लाख बजेट विनियोजना गरेको छ । नगरपालिकाले उपलब्ध गराएको बजेटले ग्राभेल हाल्ने तयारी गरिएको छ ।”

वर्षाद्को समयमा अवरुद्ध हुँदै आएको सडक मर्मतका लागि नगरपालिकामा पटकपटक अनुरोध गर्दासमेत सुनुवाइ नभएपछि जनश्रमदान अभियान सुरु गरिएको स्थानीय झमप्रसाद आचार्यले बताउनुभयो । “नगरपालिकासँग जेसिभी भए पनि हाम्रो सडक मर्मतका लागि कहिल्यै प्राथमिकता दिइएन ।

हामीले धेरै पटक गएर आग्रह गर्‍यौँ, तर कहिल्यै सुनुवाइ भएन”, उहाँले भन्नुभयो, “अन्तमा जनता आफैँ जुटेर सडक मर्मत गर्नुपर्ने अवस्था सिर्जना भयो । वर्षाद्को पानीले अवरुद्ध सडक बाह्रैमहिना सञ्चालनमा ल्याउन स्थानीयको सक्रियतामा जनश्रमदान अभियान थालेका हौँ ।”

जनश्रमदानमार्फत सडक मर्मत गरेपछि बिरामी ओसारपसारका साथै एम्बुलेन्स, अटो, मोटरसाइकल र ट्र्याक्टर सहज रूपमा सञ्चालन हुने स्थानीयले विश्वास गरेका छन् । वर्षायाममा बिरामीलाई स्ट्रेचरमा बोकेर लैजानुपर्ने अवस्था अब अन्त्य हुने आशा गरिएको स्थानीयले बताएका छन् ।

विसं २०६५ मा निर्माण गरिएको सडक अवरुद्ध हुँदा आचार्य गाउँका करिब आठ सय परिवार तथा छिमेकी स्थानीय तह साकेला गाउँपालिकाको रतन्छा र बाँझेच्यानडाँडाका स्थानीयले सास्ती खेप्दै आएका छन् ।

निर्माण उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडक मर्मत तथा स्तरोन्नतिमा तीनवटै तहका सरकारले चासो नदिँदा आफूहरूले समस्या भोग्नु परेको स्थानीयले बताएका छन् । रासस