२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निशस्त्रीकरण ‘असम्भव’ सर्त भएको हमासको भनाइ



President Donald Trump speaks upon departing a news conference with Israeli Prime Minister Benjamin Netanyahu, in foreground, in the State Dining Room of the White House, Monday, Sept. 29, 2025, in Washington. (AP Photo/Evan Vucci)
अ+ अ-

दोहा। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाका लागि शान्ति योजनाको एक हिस्साका रूपमा हमासको निशस्त्री करणको चर्चा ‘असम्भव’ शर्त भएको हमासका एक अधिकारीले शनिबार एएफपीसँग बताएका छन्।

“प्रस्तावित हतियार हस्तान्तरण प्रश्नभन्दा बाहिरको कुरा हो र यो सम्झौताको सर्त बन्न सक्दैन,” ती अधिकारीले भने। यद्यपि, अमेरिकी राष्ट्रपति ट्रम्पले हमासले शान्ति योजनाको दोस्रो चरणमा हतियार बुझाउने विषयलाई सम्बोधन गरिने सङ्केत गर्नुभएको छ।

राष्ट्रपति ट्रम्पले प्रस्ताव गरेका २० बुँदे योजनामा हमासका सदस्यहरूलाई माफी दिने वाचा गरिएको छ र प्रस्तावले हमासले आफ्ना हतियारहरू हटाउने र इजरायली सेनालाई गाजा छोड्न अनुमति दिने उल्लेख गरिएको छ।

हमासका अधिकारीले सन् २०२३ अक्टोबर ७ को हमासको आक्रमणपछि पक्राउ परेका इजरायली बन्धकहरूको रिहाइका लागि सोमबारसम्मको ७२ घण्टाको समयसीमा अघि गाजामा युद्धविराम जारी गर्ने बिषयमा बोल्दै निशस्त्रीकरण असम्भव सर्त भएको बताएका हुन् ।

हमासको निशस्त्रीकरण र इजरायली सेनाको फिर्तीलाई दुई वर्षको विनाशकारी युद्धको अन्त्यको अन्तिम मिलनविन्दुका रूपमा ट्रम्पको योजनामा प्रस्ताव गरिएको छ। (रासस/एएफपी)