११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

जमिन भासिएपछि सुरक्षित आश्रयको खोजीमा छन् हायु परिवार

जमिन भासिएपछि सुरक्षित आश्रयको खोजीमा छन् हायु परिवार
अ अ+ अ-

सिन्धुुली। कमलामाई नगरपालिका–१ सिम्लेमा जमिन भासिएर बस्ती नै जोखिममा परिरहेको छ । यहाँ हायु समुदायको मात्रै बसोबास रहेको छ।

शुक्रबार जिल्ला सुरक्षा समितिको टोली निरीक्षण गर्न यहाँ पुग्यो, तर प्रभावित हायु परिवारमा कुनै उत्साह थिएन । प्रभावित परिवार स्थलगत निरीक्षणमा पुगेका सरकारका प्रतिनिधिहरूसँग सहयोगको याचना गरे । यद्दपि, सरकारबाट तत्कालै केही हुन्छ भनेर पूर्ण रूपमा आशावादी हुन सकेनन् ।

यसको कारण थियो, यहाँ न पहिलो पटक जमिन भासिएको हो, न त पहिलो पटक सरकारी टोली आएको हो । अघिल्लो वर्ष पनि उसैगरी सरकारका प्रतिनिधिरू यहाँ निरीक्षण गर्न पुगेका थिए, तर जोखिम क्षेत्रमा बसोबास गरिरहेका प्रभावित बस्तीका समस्या न्यूनीकरणका लागि पहल नभएकाले कुनै उत्साह नआएको प्रभावित हायु परिवारको गुनासो छ ।

“जमिनचिरा–चिरा परेर फाटेको छ । जमिन सरेर बस्ती ढल्किएको छ । कुन समय माटो सोरिएर तल पहिरो खस्छ ठेगान छैन । हामी त्रासै–त्रासमा छौँ । पानी पर्न थालेपछि डरले मुटु काम्न थाल्छ”, प्रभावित पूर्णिमाया हायुले भन्नुभयो, “हाम्रो दुःख हेर्न त सरकार आउँछ, तर हालसम्म दुःख हटाउन केही गरेको छैन ।”

पूर्णिमायाजस्तै कमलामाई नगरपालिका–१ सिम्लेका १५ घरका हायु परिवारको पनि त्यस्तै गुनासो छ । गत वर्ष लगातार भएको वर्षापछि यहाँको जमिन भासिएर बस्ती जोखिममा परेकोे थियो । यो क्रम रोकिएको छैन ।

जोखिम झनै बढेको छ । “घरको आधा भाग झुकेको छ । जमिन फाटेको छ । धानखेत, बस्ती सबै सरेर तल झर्दै गएको छ । कहाँ जाने ? आफूसँग भएको जग्गा, जायजेथा सबै यहीँ छ”, सथानीय फूलकुमारी हायुले दुखेसो पोख्नुभयो ।

वडा नं १ का अध्यक्ष नरेश गोलेले सिम्लेको हायु बस्ती एक वर्षदेखि जोखिममा रहेको र सुरक्षित आश्रयस्थलको अभावमा अझै पनि जोखिमपूर्ण बस्तीमा बस्न बाध्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“यो समस्या नयाँ होइन ।  अघिल्लो वर्षदेखि नै यहाँका २०० भन्दा बढी व्यक्ति प्रभावित छन् ।

यही असोज १७ देखि २१ असोजसम्म परेको अविरल वर्षापछि जमिन थप भासिँदै गएको छ । बस्तीको संरचना नै अस्थिर बन्दै गएपछि स्थानीयवासी अत्तालिन थालेका छन् ।”

वडाध्यक्ष गोलेका अनुसार जोखिममा रहेका सबै घरको सूची बनाएर अघिल्लो वर्ष नै नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा पठाइसकिएको छ । सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि स्थलगत निरीक्षणबाहेक थप प्रगति नभएको उहाँको भनाइ छ ।

“जोखिम क्षेत्रमा बसिरहनु खतरनाक हुन्छ, त्यसैले अब बस्ती स्थानान्तरण गर्नुको विकल्प छैन । समस्याको दीर्घकालीन समाधान गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहकार्य अत्यावश्यक छ”, वडाध्यक्ष गोलेले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले यहाँको अवस्थाबारे सम्बन्धित निकायमा प्रतिवेदन पठाएर समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने आश्वासन दिनुभयो ।

उहाँले भन्नुभयो, “बस्ती जोखिममा छ । हायु परिवार त्रासमा छन् । सरकार हाम्रो साथमा छ भन्ने अनुभूति दिलाउन जोखिममा रहेका बस्ती पुगेर प्रभावित व्यक्तिलाई भेटेर संवाद गरेका छौँ ।

समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । अब तत्कालै विपद् व्यवस्थापन समितिको बैठक बसेर थप निर्णय गर्नेछौ।”

नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले पनि समस्याको दीर्घकालीन समाधानका लागि नगरपालिकाले पनि आवश्यक समन्वय र पहल गरिरहेको बताउनुभयो ।

प्रकृतिलाई पूजक हायु समुदाय यतिबेला विपत्तिको चपेटामा छ । वर्षौदेखिको थातथलो नै जोखिममा परेपछि प्रभावितहरूले स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग सहयोगको याचना गरिरहेका छन् ।

हरेक हिसाबले पछाडि परेको यो लोपोन्मुख जातिको अस्तित्व बचाउन सरकारले जतिसक्दो छिटो दीर्घकालीन समस्या समाधानका लागि सुरक्षित पुनर्वासको व्यवस्थापनमा जोड दिनुपर्ने स्थानीयको माग छ । रासस