११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

‘भारत जाने तयारीमा थिए केशर, नफर्कने गरी अस्ताए’

‘भारत जाने तयारीमा थिए केशर, नफर्कने गरी अस्ताए’
अ अ+ अ-

कैलाली।  कैलालीको घोडाघोडी-८ की अस्मिता थापाको अनुहार पीडाले थिचिएको छ । घर वरिपरी सन्नाटा छाएको छ ।

हाँसो गुञ्जिने आँगनमा अहिले रुवाबासी चलेको छ । शुक्रबार राति अस्मिताका श्रीमान् २८ वर्षीय केशर बुढाको घाँटी काटेर हत्या भएपछि उहाँलाई खपिनसक्नु भएको हो ।

भारतमा मजदुरी गरी परिवार पाल्दै आउनुभएका बुढा आज भारतको गुजरात जाने तयारीमा हुनुहुन्थ्यो । शुक्रबार श्रीमतीसँग मिलेर आवश्यक सामग्री जुटाउने काम सकिएको थियो । “भोलि जान्छु, जुत्ता, लुगासहित आवश्यक सामग्रीको व्यवस्था गरौँ भनेर भन्नुभयो”, रुँदै केशरकी श्रीमतीले भन्नुभयो, “आज आफैँ कहिल्यै नफर्कने गरी हामीलाई छोडेर जानुभयो ।”

शुक्रबार साँझ केशर रिचार्जकार्ड किनेर आउँछु भन्दै घरबाट निस्कनुभएको बताउँदै अस्मिताले राति अबेरसम्म पनि केशर नफर्केपछि चिन्ता बढेको उल्लेख गर्नुभयो । “केशर अबेर रातिसम्म पनि घर नआउँदा तनाब भएपनि फर्किनुहुन्छ भन्ने आशा थियो । समय घर्किँदै जाँदा केशर आएनन्, तर केशर जस्तै देखिने एक युवकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ, भन्दै प्रहरी घरमा पुगे”, उहाँले भन्नुभयो ।

हत्या गरिएको शव केशरको नहोस् भनेर मनमा प्रार्थना गर्दै घटनास्थल पुगेको भन्दै अस्मिताले उक्त काटिएको शरीर केशरकै रहेको पुष्टि भएको बताउनुभयो । “शव नजिक पुग्दा मेरो सारा संसार थामिएझैँ भयो । रिचार्जकार्ड किनेर फर्किहाल्छु भन्ने केशर अब कहिले नफर्कने गरी अस्ताइसकेका थिए । केशरले घर चलाउन भारतमा श्रम गर्ने गर्थे । तीन सन्तानको भविष्य उनको हातमा थियो”, उहाँले भन्नुभयो ।

के थियो घटना ?  

“गएराति ११ बजेतिर केशरको हत्या गरी टाउको प्लास्टिकको झोलामा बोकेर १८ वर्षीय बलबहादुर विक र १९ वर्षीया गङ्गा बुढा क्षेत्री घोडाघोडी नगरपालिका–६ स्थित प्रतिखेतमा हिँडिरहेका थिए । अस्थायी प्रहरी पोस्टमा ड्युटीमा खटिएका कर्मचारीले उनीहरूलाई देखेर सोधपुछ गरेपछि बलबहादुर र गङ्गाले हत्या गरी टाउको बोकेर ल्याएको बताएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय सुखडमा खबर गरियो । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय सुखडबाट मेरो नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेको हो”, प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले भन्नुभयो ।

“राति ११ बजेतिर खबर आयो ‘एकजनालाई मारियो’ भनेर । त्यसपछि हामी घटनास्थल पुग्याैँ”, उहाँले भन्नुभयो । अवस्थीका अनुसार टाउको एकातिर र शरीर एकातिर भएको अवस्थामा शव फेला परेकाले कसको हत्या भएको हो भन्ने थाहा पाउन सुरुमा समस्या भएको थियो । खोजी गर्दै जाँदा हत्या भएका व्यक्तिको मोबाइल फुटेको अवस्थामा फेला परेको जनाउँदै उहाँले भन्नुभयो, “फोन गर्दै जाँदा माइजू नाता पर्ने फेला पर्नुभयो ।”

प्रहरी नायब उपरीक्षक अवस्थीले माइजू नाता पर्ने घटनास्थल पुगेपछि केशरको घरमा प्रहरी पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ३ बजेतिर मात्रै केशर बुढाको हत्या भएको हो भन्ने कुरा पत्ता लागेको थियो ।

घटनाको कारण सामान्य विवाद रहेको अवस्थीले बताउनुभयो । “हत्या गरिएका केशर र हत्या गर्नेहरूबीच चिनजान नै रहेनछ । रक्सी खाने क्रममा होटेलमा उनीहरूको भेट भएको थियो । सोधपुछका क्रममा विवाद हुँदा केशरले गालीगलाैँच गरेपछि हत्या गरेको बलबहादुर र गङ्गाले बताएका छन्”, उहाँले भन्नुभयो । अहिले पोस्टमार्टमका लागि शव टिकापुर पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

यो घटनाले जरही गाउँमा त्रास फैलिएको छ । स्थानीयको भनाइ अनुसार घरमा छोराछोरीलाई छाडेर यो गाउँका अधिकांश युवा रोजगारीका लागि भारत गएका छन् । अभिभावकविहीन अवस्थामा रहेका किशोरकिशोरीलाई सम्झाउने, बुझाउने कोही नहुँदा यस्ता घटनाको जोखिम हुने गरेको स्थानीय बताउँछन् ।

होटेल सञ्चालक रत्न सिजालीले भन्नुभयो, “दुई वर्ष अघि यो ठाउँमा बसाइँसराइ गरेर आएको हुँ, अहिले किन आए भन्ने भएको छ । यो मात्रै होइन यहाँ अन्य घटना पनि भइरहन्छन् । हिजो घटना भएका युवा पनि मेरै होटलमा आएर रक्सी खाएका थिए । नदिँदा भने तोडफोड गर्देलान् भन्ने डर लाग्छ, दिँदा यस्ता घटना हुन्छन् ।”