४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राकृतिक चिकित्सा पद्दति अवलम्बन गर्नुपर्नेमा जोड



अ+ अ-

धनुषा। प्राकृतिक चिकित्सा र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ ।

महात्मागान्धीको जन्मजयन्तीका अवसरमा अखिल भारतीय प्राकृतिक चिकित्सा परिषद् भारतद्वारा आज जनकपुरधाममा आयोजित कार्यक्रममा प्राकृतिक चिकित्सा पद्दति अवलम्बन गर्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासका महावाणिज्य दूत देवीसहाय मिणाले महात्मागान्धीको जीवनदर्शन, सत्य, अहिंसा र सिद्धान्तलाई स्मरण गर्दै गान्धीजी केवल भारतका लागि होइन, सम्पूर्ण विश्वका लागि प्रेरणाका स्रोतका रूपमा रहेका धारणा राख्नुभयो । उहाँले प्राकृतिक चिकित्सा र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्न गान्धीले पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभयो ।

मधेश प्रदेशसभाका सदस्य रामअशिष यादवले गान्धीजीलाई ‘विचारका महामानव’ भन्दै आजका युवाहरूले उहाँको जीवनबाट प्रेरणा लिएर समाजमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

अखिल भारतीय प्राकृतिक चिकित्सा परिषद्का अध्यक्ष प्राडा शङ्करकुमार सन्यालले गान्धीजीले आफ्नो जीवनमा प्राकृतिक चिकित्सा पद्दति आत्मसात् गर्नुका साथै यसको प्रचारप्रसार पनि गर्नुभएको बताउनुभयो ।

नेपाल–भारत मानव विकास तथा मैत्री सङ्घका अध्यक्ष सूर्य भुसालले गान्धीजीका विचारलाई नेपालको समृद्धि र सामाजिक परिवर्तनको मार्गदर्शकका रूपमा अङ्गालिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सत्य, अहिंसा र आत्मनिर्भरताको मार्ग नेपाल–भारत सम्बन्धको गहिराइको आधार बन्दै गएको छ ।

मानव विकासको मूलमन्त्र भनेको नैतिक मूल्य र प्राकृतिक जीवनशैली हो ।” भुसालले नेपाल–भारतको सम्बन्ध सांस्कृतिक, आध्यात्मिक र जनस्तरमा आधारित गहिरो मित्रताका रूपमा भएको धारणा राख्नुभयो ।

पार्वती विद्यापीठका अध्यक्ष प्राडा नरेन्द्रप्रसाद सिंहले जनकपुरधामलाई धार्मिक, सांस्कृतिक र आध्यात्मिक केन्द्रका रूपमा वर्णन गर्दै गान्धीजीका विचार यहाँबाट सम्पूर्ण नेपालभर फैलाउन सकिने बताउनुभयो । भारत–नेपालबीचको ऐतिहासिक, सांस्कृतिक एकता रहेको बताउँदै उहाँले यसले चिकित्सा क्षेत्रमा सहकार्य झल्किनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा भारतका विभिन्न राज्यबाट दुई सय २० जना प्रतिनिधिको सहभागिता थियो । यस अवसरमा सांस्कृतिक प्रस्तुति, गान्धीजीका विचारमा आधारित प्रदर्शनी तथा प्राकृतिक चिकित्सासम्बन्धी व्याख्यान पनि आयोजित गरिएको थियो ।

कार्यक्रममा डा आरएस डवास, डा प्रदीप टाकू, मोक्षिता साध्वीलगायतको उपस्थिति थियो । स्थानीय नागरिक, विद्यार्थी, चिकित्सक, समाजसेवी तथा विशिष्ट व्यक्तिको उल्लेख्य उपस्थितिले कार्यक्रमलाई सफल बनाएको आयोजकले जनाएको छ । रासस