तनहुँ। बस र स्कुटर ठोकिँदा एक जनाको मृत्यु भएको छ।
आबुखैरेनीबाट डुम्रे जाँदै गरेको ग १ ख ९७०८ नम्वरको बस र विपरित दिशाबाट आउँदै गरेको ग २६ प ९२८७ नम्वरको स्कुटर शनिबार एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि स्कुटर चालक गोरखाको धार्चे गाउँपालिका–७ का २८ बर्षीय पुनराम गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सीएमसी अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।










