११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

तिहारका लागि सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री

तिहारका लागि सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री
अ अ+ अ-

बागलुङ। बागलुङ नगरपालिका-१ रामरेखाका राहुल बोहोरा एक दशकदेखि पुष्प व्यवसायमा लागिरहनुभएको छ । विगतमा तिहारलाई लक्षित गरी उहाँले सयपत्री फूल बिक्री गर्नुहुन्थ्यो, यसपटक भने फूलका बिरुवा मात्रै बिक्री गर्नुभएको छ ।

बोहोराका अनुसार भदौ यता मात्रै सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री गरिसक्नुभएको छ । फुल्न थालेका बिरुवा लगेर गमलामा सजाउने र तिहारमा प्रयोग गर्ने ग्राहकलाई उहाँले बिरुवा बिक्री गरेको बताउनुभयो ।

पछिल्लो समय तिहारमा सयपत्री फूल खरिद गर्नुभन्दा बिरुवा खरिद गरेर घरमा सजाउने र तिहारमा प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको बोहोराले बताउनुभयो । उहाँले रु ४० मा माटोसहितको फूलको बिरुवा बिक्री गरेको उहाँले बताउनुभयो ।

“गत वर्षसम्म फूलको मात्र बढी कारोबार हुन्थ्यो, यसपटक फूलभन्दा बिरुवाको कारोबार बढी भयो । हालसम्म पाँच हजार बिरुवा बिक्री गरिसकेँ । हाल माग धान्न नसकेर अन्य ठाउँबाट ल्याएर फूलका बिरुवा बिक्री गरिरहेको छु,“ बोहोराले भन्नुभयो, “विभिन्न जातका फूल तथा फलफूलका बिरुवा नर्सरीमा उत्पादन गर्दै आएको छु । यसपटक बिरुवा बिक्रीबाट रु दुई लाख कारोबार गसिरसकेको छु ।”

भारतको नयाँ दिल्लीमा ‘बिएसी बोट्नी’ विषयमा अध्ययन गरेर जन्मथलो फर्केर पुष्प व्यवसाय गरिरहनुभएका बोहोराले वर्षमा रु १५ लाखसम्म फूलको कारोबार गर्ने गरेको सुनाउनुभयो ।  साबिकको धौलागिरि अञ्चलमा व्यावसायिक पुष्पखेतीको अभाव रहेको र बजार विस्तारको राम्रो सम्भावना देखेपछि आफ्नै घरबाट थालेको पुष्प व्यवसायलाई साढे चार रोपनी क्षेत्रफलमा विस्तार गरिसकेको उहाँलेजानकारी दिनुभयो ।

बोहोराले मौसमी मात्रै नभएर बेमौसमी फूलको समेत कारोबार गर्दै आउनुभएको छ । उहाँले फूल बिक्रीबाटै तिहारबाहेक मासिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानीसमेत गर्दै आएको सुनाउनुभयो ।

“तीन वर्ष काठमाडौँमा विज्ञान विषयको शिक्षक पनि भएँ ।  व्यवसायमा नामसँगै आम्दानीसमेत गर्न सकिन्छ भनेर गृह जिल्ला फर्केर पुष्प व्यवसायमा लागेको हुँ”, बोहोराले भन्नुभयो,“सोचेअनुसार नै भइरहेको छ । नर्सरीमा तीन जनालाई प्रत्यक्ष रोजगारी दिइएको छु । बाह्रै महिना फूलको कारोबार गरिरहेको छु ।”

उहाँको नर्सरीमा सयपत्री, मौसमी, बहुवर्षीय र टिस्यु कल्चर गरिएका सजावटका फूलहरू पनि छन् । यस्तै, मेवा, आँप, अम्बा, किबी, चेरी, एभोकाडो र आरुका उन्नत जातका बिरुवाहरूसमेत उत्पादन र बिक्री भइरहेका छन् ।

बोहोराले साढे तीन रोपनी आफ्नै जग्गा र वार्षिक रु ५० हजार भाडा तिर्नेगरी एक रोपनी जग्गा भाडामा लिनुभएको छ । उहाँलाई बुबा चतुरबहादुर बोहोराले साथ दिँदै आउनुभएको छ ।

“आफूले अध्ययन गरेको विषयमा व्यवसाय गर्न पाउँदा निकै सन्तुष्ट छु । सैद्धान्तिक सीपलाई व्यवहारमा उतार्न सकिने गरी व्यवसाय गर्दा राम्रै हुँदो रहेछ”, बोहोरा भन्नुहुन्छ,“यदि, अर्कै काम गरेको भए यस्तो सन्तुष्टि र सफलता नहुन पनि सक्थ्यो ! हाल बागलुङसहित म्याग्दी, पर्वत, मुस्ताङका सरकारी कार्यालय, होटल तथा रिसोर्टमा फूल सजावत र दुबो व्यवस्थापनको काम गरिरहेको छु । नामसँगै दाम पनि छ ।”रासस