८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

डङ्गोलको नियात्रा ‘कैलाश कोरा’ लोकार्पण

डङ्गोलको नियात्रा ‘कैलाश कोरा’ लोकार्पण
अ+ अ-

काठमाडौँ। वरिष्ठ पर्यटन व्यवसायी एवं नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्रा कृति ‘कैलाश कोरा’ विमोचन गरिएको छ ।

नियात्राकार डङ्गोलले तिब्बतको कैलाश मानसरोवर यात्राका क्रममा भोगेका अनुभवलाई समेटेर तयार गर्नुभएको उक्त कृतिको आज स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले विमोचन गर्नुभएको हो ।

एसोसियसन अफ कैलाश टुर्स अपरेटर्स नेपालले आज आयोजना गरेको कार्यक्रममा स्रष्टा समाज नेपालका अध्यक्ष श्रेष्ठले व्यक्तिगत जीवनमा धेरै मानिसहरूले विभिन्न स्थानको यात्रा गरेपनि यात्राको अनुभवनलाई समेटेर कृति लेख्ने सर्जक कम भएका उल्लेख गर्नुभयो ।

“सरल भाषामा लेखिएको  ‘कैलाश कोरा’ कृति कैलाश घुम्न नसकेका व्यक्तिका लागि पनि कैलाश घुमेसरह हुने सामग्री भएको छ”, उहाँले भन्नुभयो । उहाँले मुलुकमा नियात्राकारको आवश्यकता औँल्याउनुभयो ।

पुस्तकमाथि समीक्षा गर्दै साहित्यकार प्राडा विन्दु शर्माले उक्त कृतिले नेपाली साहित्यलाई पर्यटनसँग जोडेको बताउनुभयो । कृतिले कैलाश घुम्ने क्रममा भेटिएका गुम्बा र विभिन्न स्थानको किंबदन्तीलाई समेटेको उल्लेख गर्नुभयो ।

समीक्षक राम लोहनीले कैलाश घुम्दाका बखत आफूले देखेभोगेका कुरालाई पुस्तकमा समावेश गरिएको बताउनुभयो । कैलाश मानसरोवर यात्राका क्रममा मिलेको ऊर्जालाई लेखकले पुस्तकमार्फत पाठकसमक्ष लैजाने प्रयास गरेका उहाँले उल्लेख गर्नुभयो ।

एसोसियसन अफ कैलाश टुर्स अपरेटर्स नेपालका सल्लाहकार ज्योति अधिकारीले नेपालको बाटो हुँदै वार्षिक ३० हजार आन्तरिक तथा बाह्य पर्यटक कैलाश मानसरोवर जाने गरेका जानकारी दिनुभयो । उहाँले कैलाश मानसरोवर नेपालको पर्यटकीय यामभन्दा पर्यटकीय याम नहुँदा पनि जान सकिने भएकाले यो विषय नेपाली पर्यटन प्रवर्द्धनका लागि अवसरका रूपमा मानिएको बताउनुभयो ।

ट्रेकिङ एजेन्सीज् एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले आमपाठकलाई कैलाशयात्रा गर्न प्रेरणाको स्रोतका रूपमा पुस्तक बन्न सक्ने धारणा राख्नुभयो । नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रदेव भट्ट, होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाहललगायत वक्ताले उक्त पुस्तकलाई विभिन्न भाषामा अनुवाद गरेर विदेशी बजारमा बिक्री गर्नसके नेपालको पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

एसोसियसन अफ कैलाश टुर्स अपरेटर्स नेपालका अध्यक्ष विमल नहर्की, महासचिव प्रदीप पण्डितले उक्त कृति कैलाश यात्रामा आधारित व्यक्तिगत अनुभूित मात्र नभई सबैलाई मार्गदर्शन गर्ने सामग्रीका रूपमा रहेको बताउनुभयो । नेपालय पब्लिकेशनद्धारा प्रकाशित उक्त कृति १५८ पृष्ठको छ । रासस