२१ मंसिर २०८२, आईतवार
,
Latest
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक राजस्व कार्यालयबाट आजदेखि सेवा सुरु



अ+ अ-

जनकपुरधाम। जेनजीको प्रदर्शनका क्रममा जनकपुरधामस्थित आन्तरिक राजस्व कार्यालयका भौतिक संरचनामा क्षति भएपछि सेवा बन्द भएकामा आजदेखि राजस्व सङ्कलन तथा सेवा प्रवाह सुरु गरिएको छ।

भौतिक सामग्रीको खरिद, मर्मतसम्भार, सरसफाइ तथा रङगरोगन गरी कार्यालय नियमित रूपमा सञ्चालन गरिएको सो कार्यालयले जनाएको छ ।

गत भदौ २३ तथा २४ गतेको जेनजीको प्रदर्शनका क्रममा जनकपुरधामस्थित विभिन्न कार्यालयमा तोडफोड तथा आगजनीको भएको थियो । भदौ २४ गतेको आगजनी तथा तोडफोडका कारण करिब रु दुई करोड ५० लाख बराबरको भौतिक सम्पति जलेर नष्ट भएका कार्यालय प्रमुख आनन्दप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त प्रदर्शनका क्रममा कार्यालय हाताभित्र रहेका चारपाग्रे दुई वटा सवारी तथा पाँच वटा मोटरसाइकल, फर्निचर, कम्प्युटर, ल्यापटप तथा कागजपत्र, राजस्व स्टिकर, पाले घरलगायत कार्यालयका कोठा जलेर नष्ट भएका छन् ।

क्षतिग्रस्त कार्यालय मर्मतसम्भार गरिएपछि विस्तारै सेवा सुरु गरिएको कार्यालय प्रमुख गुप्ताले बताउनुभयो । उहाँका अनुसार सेवाग्रही पनि राजस्व बुझाउन आउन थालेका छन् ।

यसैबीच सात वर्षपछि आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ । कार्यालय प्रमुख  गुप्ताका अनुसार आव २०८१/८२ मा  वार्षिक लक्ष्य रु चार अर्ब ८८ करोड ६८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु चार अर्ब ९० करोड ४३ लाख सङ्कलन भएको हो ।

लामो समयदेखि राजस्व नतिर्ने एक सय २५ व्यावसायिक फार्मलाई कारबाही प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म कारबाहीमा परेकामध्ये १० वटा व्यावसायिक फार्मबाट रु चार करोड ३० लाख राजस्व सङ्कलन भएको हो ।रासस