११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

आन्तरिक राजस्व कार्यालयबाट आजदेखि सेवा सुरु

आन्तरिक राजस्व कार्यालयबाट आजदेखि सेवा सुरु
अ अ+ अ-

जनकपुरधाम। जेनजीको प्रदर्शनका क्रममा जनकपुरधामस्थित आन्तरिक राजस्व कार्यालयका भौतिक संरचनामा क्षति भएपछि सेवा बन्द भएकामा आजदेखि राजस्व सङ्कलन तथा सेवा प्रवाह सुरु गरिएको छ।

भौतिक सामग्रीको खरिद, मर्मतसम्भार, सरसफाइ तथा रङगरोगन गरी कार्यालय नियमित रूपमा सञ्चालन गरिएको सो कार्यालयले जनाएको छ ।

गत भदौ २३ तथा २४ गतेको जेनजीको प्रदर्शनका क्रममा जनकपुरधामस्थित विभिन्न कार्यालयमा तोडफोड तथा आगजनीको भएको थियो । भदौ २४ गतेको आगजनी तथा तोडफोडका कारण करिब रु दुई करोड ५० लाख बराबरको भौतिक सम्पति जलेर नष्ट भएका कार्यालय प्रमुख आनन्दप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त प्रदर्शनका क्रममा कार्यालय हाताभित्र रहेका चारपाग्रे दुई वटा सवारी तथा पाँच वटा मोटरसाइकल, फर्निचर, कम्प्युटर, ल्यापटप तथा कागजपत्र, राजस्व स्टिकर, पाले घरलगायत कार्यालयका कोठा जलेर नष्ट भएका छन् ।

क्षतिग्रस्त कार्यालय मर्मतसम्भार गरिएपछि विस्तारै सेवा सुरु गरिएको कार्यालय प्रमुख गुप्ताले बताउनुभयो । उहाँका अनुसार सेवाग्रही पनि राजस्व बुझाउन आउन थालेका छन् ।

यसैबीच सात वर्षपछि आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ । कार्यालय प्रमुख  गुप्ताका अनुसार आव २०८१/८२ मा  वार्षिक लक्ष्य रु चार अर्ब ८८ करोड ६८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु चार अर्ब ९० करोड ४३ लाख सङ्कलन भएको हो ।

लामो समयदेखि राजस्व नतिर्ने एक सय २५ व्यावसायिक फार्मलाई कारबाही प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म कारबाहीमा परेकामध्ये १० वटा व्यावसायिक फार्मबाट रु चार करोड ३० लाख राजस्व सङ्कलन भएको हो ।रासस