• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई

क्रिकेट विवाद समाधान : सन्दीपको कप्तानीमा खेल्न ज्ञानेन्द्र तयार



काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र खेलाडीबीचको विवाद समाधान भएको छ । क्यानको कारवाहीमा परेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडी टिममा फर्किने भएका छन् ।

सन्दीप लामिछानेको कप्तानीलाई स्वीकार गर्दै ज्ञानेन्द्रसहितका खेलाडी अब टि–२० ग्लोबल छनोटका लागि बन्द प्रशिक्षणमा सहभागी हुने भएका छन् । खेलकुदमन्त्री महेश्वर गहतराजले ज्ञानेन्द्रलाई फोन गरी विवादलाई धेरै नलम्ब्याउन आग्रह गरेको बुझिएको छ । 

क्यानले हिजो मात्र लगातार संवाद गरी सहमतिका लागि असन्तुष्ट खेलाडीहरुसँग आग्रह गरेको थियो । साथै क्यानले खेलाडीमाथि कारवाही फिर्ता र ग्रेडिङमा भएको त्रुटि सच्याउन लचिलो हुने बताएपछि खेलाडीहरु पनि टिममा फर्किएका हुन् ।